३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने

“लन्डन बिरामी” : एचआईभी रोग निको भयो !

“लन्डन बिरामी” : एचआईभी रोग  निको भयो !
अ+ अ-

पेरिस । प्राणघातक एड्स रोग लगाउने एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन् । अनुसन्धाताहरुले उनीमाथिको उपचार रोकिएको र सम्भवतः निको भएको जनाएका छन् । पेरिसमा आयोजना गरिने एक चिकित्सा सम्मेलनमा मङ्गलबार यस अद्भूत कार्यका बारेमा घोषणा गरिँदैछ ।

एचआईभी–सङ्क्रमित ती व्यक्तिलाई दश वर्षपछि रोगमुक्त भएको घोषणा गरिएको हो । उनलाई “लन्डन बिरामी” को उपनाम दिइएको छ । विगत १९ महिनादेखि उनको शरीरमा एचआईभी नपाइएको नेचर नामको जर्नलमा समाचार छ । दश वर्षअघि पनि यस्तै एक व्यक्तिलाई रोगमुक्त रहेको घोषणा गरिएको थियो ।

रगतको क्यान्सर उपचारका लागि बिरामीको हड्डीको मासी (बोन म्यारो) प्रत्यारोपण गरिएको थियो । एचआईभी सङ्क्रमण नहोस् भन्नका लागि दाताबाट प्राप्त मूल कोशिका (स्टेम सेल्स) लाई पनि जेनेटिक उपचार गरिएको थियो ।

“उपचार सफल देखिएकाले बर्लिन बिरामीको पनि सफल उपचार हुनेछ,” क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर एवं मुख्य लेखक रवीन्द्र गुप्ताले बताउनुभयो ।

विश्वमा लाखौं मानिस एचआईभीबाट पीडित छन् । लाखौं बिरामीले एन्टीरेट्रोभाइरल थेरापी (एआरभी) औषधि सेवन गरिरहेका छन्, तर कुनै पनि बिरामी पूर्ण रुपमा निको हुन सकेका छैनन् ।

“अहिले, एचआईभीको उपचार गर्ने एकमात्र विधि औषधि सेवन मात्र हो जसले भाइरसको फैलावटलाई रोक्दछ । र यो औषधि बिरामीले आजीवन सेवन गर्नु पर्दछ ।” गुप्ताले भन्नुभयो । “यसले विकासशील मुलुकहरुलाई ठूलै चुनौती सिर्जना गरिरहेको छ । यी देशमा अझै पनि धेरै मानिसले पर्याप्त उपचार प्राप्त गर्न सकेका छैनन् ।”

एक अनुमान अनुसार विश्वमा हाल ३ करोड ७० लाख मानिसमा एचआईभी छ, तर करिब ५९ प्रतिशतले मात्र एआरभी सेवन गर्न पाएका छन् । एचआईभीसँग सम्बन्धित कारणहरुबाट बर्सेनि झण्डै १० लाख मानिसको मृत्यु हुने गरेको छ ।

एचआईभीकै स्वरुपमा एउटा नयाँ औषधि–प्रतिरोधी परिस्थिति सिर्जना भइरहेको वैज्ञानिकहरुको भनाई छ ।

गुप्ता र उहाँको टोलीले हड्डीको मासी (बोन म्यारो) प्रत्यारोपण उपचार विधि एचआईभी उपचारका लागि उपयुक्त विकल्प नरहेको पनि बताएको छ । यो विधि निकै डरलाग्दो र पीडादायी हुने गर्दछ ।

तर यो प्रत्यारोपणले विज्ञानिकहरुलाई उपचारमा नयाँ खोज गर्न र सानोभन्दा सानो विधिबाट बिरामीको उपचार गर्न सकिने बाटो देखाउने गुप्ताको भनाई छ ।