२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा आज ४९.०४ अङ्कले गिरावट आई दुई हजार ५८४.६१ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.४६ अङ्कले ओरालो लागेर ४८७.२७ मा ओर्लेको छ ।

नेप्सेमा उच्च अङ्कको गिरावट देखिँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कूल २३१ कम्पनीको नौ लाख ३२ हजार ७३१ कित्ता शेयर रु तीन अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ मूल्यमा खरिद बिक्री भए । शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ३५ अर्ब ७६ करोड ४३ लाख ४० हजार बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ १७.८८, व्यापार ३६।०५, होटल तथा पर्यटन ६२.३७, विकास बैंक १८९.०१, जलविद्युत् ६६.६५, वित्त ९३.३७, निर्जीवन बिमा २४५.८५, उत्पादन १५३.६७, अन्य ७५.६९, लघुवित्त ८४.४, जीवन बिमा २३०.८३, सामूहिक लगानी कोष ०.२ र लगानी १.४१ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा बिहीबार पनि महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ४३ लाख ३९ हजार ३०६ बराबरको कारोबार भयो । यस्तै हिमालयन डिस्टिलरी रु ११ करोड ७९ लाख १९ हजार २२, नेशनल हाइड्रोपावर रु १० करोड ९७ लाख ५० हजार ३४७, नेपाल दूरसञ्चार कम्पनी रु नौ करोड ८६ लाख ४७ हजार ४४ र नबिल बैंक रु नौ करोड १५ लाख ८८ हजार १०० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सामालिङ पावर ९.९९, न्यादी हाइड्रोपावर ९.९८, महिला लघुवित्त ८.५०, नेपाल एसबिआई बैंक १.६९ र सबैको लघुवित्तका लगानीकर्ताले १.६० प्रतिशतले कमाए । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक ६.८०, मैलुङ खोला जलविद्युत् कम्पनी ६.७५, शिवश्री हाइड्रोपावर ५.५७, युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.४१ र गुडविल फाइनान्सका लगानीकर्ताले ५.३९ प्रतिशतले गुमाए ।