२ भाद्र २०८३, मंगलवार
,
Latest
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

लज्जास्पद हारसँगै रियल अन्तिम १६ बाटै बाहिरियो



अ+ अ-

काठमाडौँ । साविक विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।

मंगलबार राति आफ्नै घरेलु मैदानमा प्रिक्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिड नेदरल्यान्ड्सको आयाक्ससँग ४–१ गोलअन्तरले पराजित भएको हो । समग्रमा रियल मड्रिडले ५–३ गोलअन्तरको हार ब्यहोर्दै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । पहिलो लेगमा भने रियल मड्रिडले आयाक्सलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

खेलको सातौं मिनेटमा नै हाकिम जियाचले गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए । सुरुवाती समयमा नै अग्रता बनाएको आयाक्सले खेलको १८औं मिनेटमा दोब्बर अग्रता बनायो । यो पटक डेभिड नेरेसले गोल गरेका थिए ।

त्यस्तै, ६२ औं मिनेटमा डुसन टाडिकले गोल गर्दै आयाक्सको अग्रतालाई ३–० मा पुर्‍याएका थिए । तर मार्को एसेन्सियो ७० औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काउने कोशिस गरेका थिए । लसी स्चोनले ७२ औं मिनेटमा गोल गर्दै आयाक्सलाई ४–१ गोलको जित दिलाए ।

योसँगै युरोपियन च्याम्पियनको रुपमा रियलको १ हजार ११ दिनको अधिपत्य समाप्त भएको छ ।

दुई वर्ष, ९ महिना ५ दिनअघि सन् २०१६ मा मिलानमा भएको च्याम्पियन्स लिग फाइनल जिते यता रियललले लगातार तीन पटक च्याम्प्यिन्स लिगको उपाधि जितेको थियो ।

उता, टोटनह्यामले भने ह्यारी केनको एक मात्र गोलको मद्दतले बोरुसिया डर्टमण्डलाई पारजित गरेको छ ।