२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेताहरुको ठहर- सभापति देउवाले एकलौटी पार्टी चलाए



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल महासमिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा आन्तरीका छलफलमा जुटेका छन् । बिभिन्न गुट र उपगुट भएको नेपाली कांग्रेस भित्र रसाकसी चलेका हो ।

बुधबार बिहानैदेखि कांग्रेस नेता प्रकाशमान सिंहको काठमाडौंको चाक्सीबारीस्थित घरमा बसेको बैठकले सभापति शेरबहादुर देउवा एकलौटी पार्टी चलाएको निष्कर्ष निकालेको छ । महासमिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा आन्तरिक रणनीति तयार पार्न बढेको बैठकले उक्त
निष्कर्ष निकालेको हो ।

नेता प्रकाशमान सिंहका अनुसार पार्टीभित्र गुट उपगुट र तीव्र विवाद बढ्न थालेपछि कांग्रेसका युवा नेताहरु भेलामा जुटेका हुन्। ”देउवाले एकलौटीरुपमा पार्टी चलाउन थालेपछि हामी बाध्य भएर छुट्टै रणनीति बनाउन बैठक बसेका हौ,सिंहले भने, बैठकमा महासमिति बैठकमा कसरी प्रस्तुत हुने र आगामी दिनमा पार्टीलाई कसरी चलाउने भन्ने बारेका छलफल भएको छ ।”

छलफलमा रामचन्द्र पौडेल, कृष्णप्रसाल सिटौला, शंसाक कोइराला, शेखर कोइराला, अर्जुनरसिंह केसी, गगन थापा, चन्द्र भण्डारीलगायतका नेताहरु सहभागी भएका हुन् ।

मंगलबार पार्टीको केन्द्रिय समितिले बहुमतबाट पारित गरेको नयाँ विधानको केही बुँदाहरु सच्याउन कांग्रेसका ५६ जिल्ला सभापतिले माग गरेका थिए।