१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महीना पहाडी भेगको मौसम प्रभावित हुने



अ+ अ-

काठमाडौँ । यस वर्षको प्रि–मनसुन शुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महीना प्रि–मनसुन चल्ने भएकाले देशको पहाडी भूभागको मौसम लगातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्ष हुने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार स्थानीय वायुको प्रभाव पार्न थालेकाले प्रि–मनसुन शुरु भएको हो । तापक्रम बढ्न थालेकाले पनि यसको प्रभाव देखिएको बताइएको छ ।

प्रि–मनसुन अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भूभागका केही स्थानमा फाट्फुट्ट वर्षा हुने मौसमविद् अर्यालले औँल्याउनुभयो । उहाँका अनुसार अङ्ग्रेजी महीना मार्चदेखि शुरु हुने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम प्रभावित भइरहन्छ ।

वर्षा छोटो समय हुने गर्छ र उपत्यकामै पनि एक ठाउँमा वर्षा हुने र अर्को ठाउँमा नहुने हुन्छ ।

पहाडी भेगमा प्रि– मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । सो समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ । नयाँ प्रणाली विकास नभइसकेकाले पहाडी भेगबाहेकका अन्य क्षेत्रमा भने तत्काल वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।