९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाण्डे भन्छन् : फौजदारी कसूर प्रमाणित भएको व्यक्तिको सांसद पद स्वतः खारेज हुन्छ



अ+ अ-

काठमाडौँ । जिल्ला अदालत कैलालीले टीकापुर घटनाका मुख्य आरोपी मानिएका सांसद रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाएसँगै सांसद रेशम चौधरीको पद खारेज हुने भएको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नैतिक पतन देखिने फौजदारी कसूर प्रमाणित भएकाले सांसद पद स्वतः खारेज हुने जानकारी दिए । पाण्डे भन्छन्, ‘अदालतबाट दोषी ठहर भएपछि सांसद नरहने कानूनी व्यवस्था छ ।’

चौधरीमाथि अदालतले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा जन्मकैदको सजाय सुनाएको छ ।

चौधरीसहित ५८ जनाविरुद्ध कैलाली प्रहरीले कर्तव्य ज्यान, डाका चोरी तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरेको थियो। तर उक्त घटनामा हाल ३१ जना भने फरार रहेका छन् ।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा सांसद चौधरीलाई पुर्पक्षका लागि कारागार राखिएको थियो।घटनामा मुख्य योजनाकार भएको आरोप लागेका चौधरीले गत वर्षको फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। त्यस्तै कैलाली कारागारमा २४ जना थुनामा रहेका छन् ।

हाल चौधरी काठमाडौँ डिल्लीबजार कारागारमा थुनामा रहेका छन्। थुनामा रहेका अभियुक्त श्रवन चौधरी नाबालक रहेको कारण पोखरास्थित बाल सुधार गृहमा राखिएको छ।