९ पुष २०८२, बुधबार
,
Latest
सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर छलि गर्ने दश जना विरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौँ । रिलायन्ससब रेमिट प्रा.लि.का संचालकहरुले विनिमय अपचलन तथा अवैध हुन्डी कारोवारमा संग्लन रहेको पाइएको छ । रेमिटले मलेसियाबाट नेपाल पठाउने र ल्याउने रकम नेपाल नल्याई नेपालमै एक ठाँउबाट अर्को ठाँउ गरेको पाइएको हो ।

रेमिटका संचालकहरु गोविन्द सुब्बा र इन्दनारायण लिम्बु कम्प्युटर अभिलेखमा मलेसियन रिङ्गीटको नेपाली पैसासँग फरक दिन र समयको विनिमय दरले हिसाव राख्ने र त्यसमा प्रयोग गरिएका काउन्टर नम्वर समेत फरक राख्ने गरेको पाइएको हो ।

अहिलेसम्म कम्पनीबाट कारोवार भएका रकम नेपालबाट नेपालमै पठाउदा प्रयोग गर्ने विभिन्न पिन कोड प्रयोग गर्ने र निजले समेत साथी भाईसँग लिनुपर्ने मलेसियाबाट पठाएको रकम हो भनी स्वीकार गरेको तर सो बराबर नेपाल सरकारलाई प्राप्त हुनु पर्ने विदेशी मुद्रा प्राप्त भए गरेको नदेखिदा उक्त सबै रकमको कारोवार हुण्डी गरी विदेशी विनिमय अपचलन गरेको पुष्टी हुन आएको हो ।

निज सुब्बा र लिम्बु समेत उपर विदेशी रु ३,६६,८५,२६३.५० विगो र ३ वर्ष सम्म कैद सजाय समेत हुन माग दाबी लिर्इ काठमाण्डौमा जिल्ला अदालतमा मुद्धा दायर गरिएको छ ।

त्यस्तै, नक्कली विल बनाई सुन तथा चादी बिक्री गरेको आरोपमा आठ जना विरुद्ध मुद्दा दायार गरिएको छ । हनुमन्त शंकर चौभानले संचालन गरेको सिद्धि अर्नामेन्टबाट भ्याट विल नबनाई कर छलि गरेको पाइएको हो ।

अर्नामेन्टले नक्कली विल बनाएर कारोवार गर्न लागिएको २३६.७६ ग्राम सुन र १८६२ ग्राम चादी बरामद गरिएको । अर्नामेन्ट संचालक हनुमन्त शंकर चौभानसहित कर छलि गर्न सहयोगीको गरेको भन्दै दिपेश कुमार यादव र राजन कुमार गुप्ता, मनोहर साह आठ जना विरुद्ध काठमाण्डौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।