८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

कर छलि गर्ने दश जना विरुद्ध मुद्दा दायर

कर छलि गर्ने दश जना विरुद्ध मुद्दा दायर
अ+ अ-

काठमाडौँ । रिलायन्ससब रेमिट प्रा.लि.का संचालकहरुले विनिमय अपचलन तथा अवैध हुन्डी कारोवारमा संग्लन रहेको पाइएको छ । रेमिटले मलेसियाबाट नेपाल पठाउने र ल्याउने रकम नेपाल नल्याई नेपालमै एक ठाँउबाट अर्को ठाँउ गरेको पाइएको हो ।

रेमिटका संचालकहरु गोविन्द सुब्बा र इन्दनारायण लिम्बु कम्प्युटर अभिलेखमा मलेसियन रिङ्गीटको नेपाली पैसासँग फरक दिन र समयको विनिमय दरले हिसाव राख्ने र त्यसमा प्रयोग गरिएका काउन्टर नम्वर समेत फरक राख्ने गरेको पाइएको हो ।

अहिलेसम्म कम्पनीबाट कारोवार भएका रकम नेपालबाट नेपालमै पठाउदा प्रयोग गर्ने विभिन्न पिन कोड प्रयोग गर्ने र निजले समेत साथी भाईसँग लिनुपर्ने मलेसियाबाट पठाएको रकम हो भनी स्वीकार गरेको तर सो बराबर नेपाल सरकारलाई प्राप्त हुनु पर्ने विदेशी मुद्रा प्राप्त भए गरेको नदेखिदा उक्त सबै रकमको कारोवार हुण्डी गरी विदेशी विनिमय अपचलन गरेको पुष्टी हुन आएको हो ।

निज सुब्बा र लिम्बु समेत उपर विदेशी रु ३,६६,८५,२६३.५० विगो र ३ वर्ष सम्म कैद सजाय समेत हुन माग दाबी लिर्इ काठमाण्डौमा जिल्ला अदालतमा मुद्धा दायर गरिएको छ ।

त्यस्तै, नक्कली विल बनाई सुन तथा चादी बिक्री गरेको आरोपमा आठ जना विरुद्ध मुद्दा दायार गरिएको छ । हनुमन्त शंकर चौभानले संचालन गरेको सिद्धि अर्नामेन्टबाट भ्याट विल नबनाई कर छलि गरेको पाइएको हो ।

अर्नामेन्टले नक्कली विल बनाएर कारोवार गर्न लागिएको २३६.७६ ग्राम सुन र १८६२ ग्राम चादी बरामद गरिएको । अर्नामेन्ट संचालक हनुमन्त शंकर चौभानसहित कर छलि गर्न सहयोगीको गरेको भन्दै दिपेश कुमार यादव र राजन कुमार गुप्ता, मनोहर साह आठ जना विरुद्ध काठमाण्डौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।