८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

विकको प्रश्न : कण्डम निःशुल्क हुने तर महिलाको प्याड किन नहुने?

विकको प्रश्न : कण्डम निःशुल्क हुने तर महिलाको प्याड किन नहुने?
अ+ अ-

काठमाडौँ । सांसद विमला विकले महिलाहरु स्यानिटरी प्याड निशुल्क वितरण गर्नुपर्ने बताएकी छन् । उनले महिनावारी भएका बेला प्रयोग गर्ने प्याडमा सबैको पहुँच नपुगेको भन्दै प्याडलाई निशुलक गर्न माग गरेकी हुन् ।

बुधबार संसदमा छाउपडी प्रथा अन्त्यसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्दै उनले भनिन्, ‘यो महिला मात्रैलाई हुने छाउ वा महिनावारी महिला मात्रैको सरोकारको विषय हो कि समाजको ? यो महिला मात्रैको सरोकारको विषय हो कि सरकारको सरोकारको विषय हो ? यसमा सरकारले विशेष ध्यान दिनुपर्छ कि पर्दैन ? सरकारको यसमा संवेदनशीलता हुनु पर्छ कि पर्दैन ? हामीले हाम्रा शौचालयहरूमा कण्डमलाई फ्रि बनाएका छौं। तर महिलाले महिनावारी हुँदा प्रयोग हुने कटनका टुक्रा वा प्याडलाई फ्रि गराउन सक्यौं कि सकेनौं ? हाम्रो संसदको महिला शौचालय, त्यहाँ प्याडको व्यवस्था छ ? छैन । हामी महिलाहरू पनि त यो संसदमा माननीय भएर बसिरहेका छौं । हाम्रो संवेदनशीलता खै ?’

यता,सांसदहरू रंगमती शाही, नरबहादुर धामी र लालबहादुर थापाले प्रस्तावको समर्थन गर्दै छाउपडी कुप्रथाबाट मुलुकलाई मुक्त गर्न केन्द्रीयस्तरदेखि स्थानीय तहसम्म विशेष महाअभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।

उनीहरूले विद्यालयस्तरमा सामाजिक विभेदविरूद्ध पाठ्यक्रम बनाएर लागु गर्नुपर्ने, छाउपडीविरूद्ध जनचेतनामूलक कार्यक्रम व्यापक पार्नुपर्ने, छाउगोठमा राख्ने घरपरिवारलाई स्थानीय सुविधाबाट बञ्चित गर्नुपर्ने लगायत माग गरे। सांसदहरूले महिला केन्द्रित विकासका कार्यक्रम सञ्चालन गर्न पनि माग गरे।

सांसद आशा कुमारी विकले छाउपडीको अन्त्यका लागि सोचमा परिर्वतन हुनुपर्ने भन्दै केन्द्रदेखि स्थानीय तहसम्म महाअभियान सञ्चालन गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘झुपडी परिर्वतन गर्नु होइन खोपडी परिर्वतन गर्नुछ। त्यसैले खोपडी परिवर्तन गर्न सहज छैन।’