९ पुष २०८२, बुधबार
,
Latest
सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकको प्रश्न : कण्डम निःशुल्क हुने तर महिलाको प्याड किन नहुने?



अ+ अ-

काठमाडौँ । सांसद विमला विकले महिलाहरु स्यानिटरी प्याड निशुल्क वितरण गर्नुपर्ने बताएकी छन् । उनले महिनावारी भएका बेला प्रयोग गर्ने प्याडमा सबैको पहुँच नपुगेको भन्दै प्याडलाई निशुलक गर्न माग गरेकी हुन् ।

बुधबार संसदमा छाउपडी प्रथा अन्त्यसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्दै उनले भनिन्, ‘यो महिला मात्रैलाई हुने छाउ वा महिनावारी महिला मात्रैको सरोकारको विषय हो कि समाजको ? यो महिला मात्रैको सरोकारको विषय हो कि सरकारको सरोकारको विषय हो ? यसमा सरकारले विशेष ध्यान दिनुपर्छ कि पर्दैन ? सरकारको यसमा संवेदनशीलता हुनु पर्छ कि पर्दैन ? हामीले हाम्रा शौचालयहरूमा कण्डमलाई फ्रि बनाएका छौं। तर महिलाले महिनावारी हुँदा प्रयोग हुने कटनका टुक्रा वा प्याडलाई फ्रि गराउन सक्यौं कि सकेनौं ? हाम्रो संसदको महिला शौचालय, त्यहाँ प्याडको व्यवस्था छ ? छैन । हामी महिलाहरू पनि त यो संसदमा माननीय भएर बसिरहेका छौं । हाम्रो संवेदनशीलता खै ?’

यता,सांसदहरू रंगमती शाही, नरबहादुर धामी र लालबहादुर थापाले प्रस्तावको समर्थन गर्दै छाउपडी कुप्रथाबाट मुलुकलाई मुक्त गर्न केन्द्रीयस्तरदेखि स्थानीय तहसम्म विशेष महाअभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।

उनीहरूले विद्यालयस्तरमा सामाजिक विभेदविरूद्ध पाठ्यक्रम बनाएर लागु गर्नुपर्ने, छाउपडीविरूद्ध जनचेतनामूलक कार्यक्रम व्यापक पार्नुपर्ने, छाउगोठमा राख्ने घरपरिवारलाई स्थानीय सुविधाबाट बञ्चित गर्नुपर्ने लगायत माग गरे। सांसदहरूले महिला केन्द्रित विकासका कार्यक्रम सञ्चालन गर्न पनि माग गरे।

सांसद आशा कुमारी विकले छाउपडीको अन्त्यका लागि सोचमा परिर्वतन हुनुपर्ने भन्दै केन्द्रदेखि स्थानीय तहसम्म महाअभियान सञ्चालन गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘झुपडी परिर्वतन गर्नु होइन खोपडी परिर्वतन गर्नुछ। त्यसैले खोपडी परिवर्तन गर्न सहज छैन।’