२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिरोनाले जित्यो ‘क्याटलान सुपर कप’को उपाधि, बार्सिलोना पराजित



अ+ अ-

काठमाडौँ । ला लिगा लिडर बार्सिलोनालाई हराउँदै जिरोनाले स्पेनिस सुपर कोपा डे क्याटलुनियाँ फुटबलको उपाधि जितेको छ ।

स्पेनको क्याटलुनियाँस्थित नोभा सेरु आल्टा रंगशालामा बिहीबार भएको फाइनल खेलमा जिरोनाले बार्सिलोनालाई १–० अन्तरले हराएर उपाधि जितेको हो । जिरोनाको जितमा खेलको ६९औं मिनेटमा क्रिस्टियन स्टुआनीले पेनाल्टीमा गोल गरेका थिए ।

त्यसपछि खेलमा बाँकी समयमा दुवै पक्षबाट कुनै गोल नभएपछि जिरोनाले सोही अग्रता जोगाएर खेल १–० ले जित्यो ।

यो अफिसियल प्रतियोगिता नभएकाले बार्सिलोनाको टोलीमा अधिकांश दोस्रो रोजाइका खेलाडी खेलाइको थियो ।