८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

भिएआरले साथ दिएपछि पीएसजीलाई उसैको मैदानमा हराउँदै युनाइटेड क्वारफटाइनलमा

भिएआरले साथ दिएपछि पीएसजीलाई उसैको मैदानमा हराउँदै युनाइटेड क्वारफटाइनलमा
अ+ अ-

काठमडौँ । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगको क्वारफटाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा युनाइटेडले पीएसजीलाई उसैको मैदानमा ३–१ गोलले हरायो । युनाइटेट पहिलो लेगमा आफ्नै घरेलु मैदानमा २–० गोलले पछि परेको थियो । दोस्रो लेगमा कमब्याक गर्दै पीएसजीलाई हराएपछि युनाइटेड समग्रता ३–३ गोलको बराबरी गर्दै अवे गोलको आधारमा क्वार्टरफाइनलमा पुगेको हो ।

युनाइटेडको जितमा रोमेलु लुकाकुले दुई गोल गरे । खेलको दोस्रो मिनेटमै खाता खोलेका लुकाकुले ३०औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेका थिए । यसअघि १२औं मिनेटमा पीएसजीका जुआन बर्नाटले एक गोल फर्काएका थिए ।

पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्नका लागि अझै एक गोल गर्नु नै पर्ने थियो । खेलको ९० औं मिनेटसम्म पनि पीएसजी नै सम्रगमा अघि थियो । पीएसजीका खेलाडी पनि आफ्नो टिम क्वाटरफाइनलमा पुग्नेमा ढुक्क थिए । त्यसैले यही नतिजामा खेल अन्त्य गर्न चाहन्थे । तर खेलको इन्जुरी टाइममा म्यान्चेस्टर युनाइटेडले पेनाल्टी पायो ।

भिडियो एसिस्टेन्ट रेफ्रीले म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी दिएपछि राष्फोर्डले गोल गर्दै आफ्नो टिमलाई ३–१ गोलको जीत मात्रै नभई क्वाटरफाइनलमा नै पुर्‍याए ।