८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

उत्तर कोरियाले ‘रकेट साइट’ निर्माण गरेको हो भने दुःखद– राष्ट्रपति ट्रम्प

उत्तर कोरियाले  ‘रकेट साइट’ निर्माण गरेको हो भने दुःखद– राष्ट्रपति ट्रम्प
अ+ अ-

वासिङटन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि उत्तर कोरियाले ‘रकेट साइट’ निर्माण गर्न लागेको हो भने सो घटना निकै दुःखद भएको बताउनुभएको छ ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने संयुक्त राज्य अमेरिकाले पनि उसमाथि नाकाबन्दी लगाउने चेतावनी दिएको भोलिपल्ट राष्ट्रपति ट्रम्पको यो धारणा आएको छ ।

राष्ट्रपति ट्रम्पले केही समाचारहरुमा उत्तर कोरियाले रकेट प्रक्षेपणका लागि रकेट परीक्षण ‘साइट’ निर्माण गर्न लागेको भनी आएको स्मरण गराउँदै यदि यो समाचार अनुरुप नै काम भएको हो भने त्यो निराशाजनक छ भन्नुभएको हो ।

उत्तर कोरियाले तोङचाङ्री लाउन्ज फेसिलिटी क्षेत्रमा रकेट प्रक्षेपणका लागि भन्दै काम गरिरहेको समाचार अमेरिकी सञ्चारमाध्यमहरुले दिएका थिए । वासिङ्टनको एक संस्थालाई उद्धृत गरी ती सञ्चारमाध्यमहरुले सो समाचार दिएका थिए । उक्त संस्थाले आफ्नो अनुसन्धानबाट उक्त कुरा पत्ता लगाएको भन्दै समाचार सार्वजनिक गरेको थियो ।

समाचारदाताहरुसँग राष्ट्रपति ट्रम्पले भन्नुभयो– यस्तो घटना त्यहाँ (उत्तर कोरियामा) भइरहेको हो भने यसले मलाई निकै नै निराश बनाउने छ, तर पनि यो समाचार तत्कालै आएकोले अपरिपक्व पनि हुन सक्छ, मैले अध्ययन गर्नेछु ।
तर पनि उत्तर कोरियामा अहिले नै आणविक हतियार तथा आणविक शक्ति केन्द्रहरु निर्माण हुने गरी नै क्रियाकलापहरु भने नभएको समाचार एक समाचार समितिले हालैमात्र सम्पे्रषण गरेको थियो ।

उक्त समाचार समितिको समाचारमा उल्लेख गरिएको छ– सन् २०१७ देखि नै स्थगित भएको आणविक कार्यक्रमलाई पुनस्र्थापना गर्नेगरी उत्तर कोरियामा काम भने भएका छैनन्, त्यति धेरै कामहरु भएको जस्तो लाग्दैन । यसै विषयमा लिन खोजिएको प्रतिक्रियामा अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसका प्रेस सचिव सराह स्यान्डर्सले भने कुनै प्रतिक्रिया दिन चाहनुभएन । तर उहाँले यस विषयका अतिरिक्त अमेरिकाले उत्तर कोरियासँग निरन्तर वार्ता गर्ने जानकारी भने दिनुभएको सो समाचारमा जनाइएको छ ।

मङ्गलबार मात्र अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनले एक अन्तर्वार्तामा निशस्त्रीकरणको विषयमा उत्तर कोरिया के कति गम्भीर छ भनेर अमेरिकाले हेरिरहेको पनि बताउनुभएको थियो ।

अमेरिकाले उत्तर कोरिया यसअघिका सहमतिका साथै निशस्त्रीकरणको विषयमा कत्तिको गम्भीर छ र त्यस विषयमा उसले के कति कामहरु गरिरहेको छ भनेर हेरिरहेको बताउउँदै आएको छ ।

गत वर्षको जुन महिनामा अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा भएको पहिलो चरणको शिखर वार्तामा उत्तर कोरिया निशस्त्रीकरणको विषयमा सहमत भएको थियो । त्यसको पालना भएको उत्तर कोरियाको दाबी छ ।

सोही सहमतिपछि नै उत्तर कोरियाले आणविक उत्पादन एवम् परीक्षण नगरेको दाबी उसको छ । सोही बमोजिम नै उत्तर कोरियाले आणविक परीक्षण गरेका समाचारहरु पनि अएका छैनन् ।

तर पनि उत्तर कोरियाले गरेको सो प्रतिबद्धताअनुरुप आणविक शस्त्र मुक्त बनाउने पक्षमा भने कुनै काम नभएको अमेरिकाको आरोप छ । सोही प्रक्रियाको विषयमा अमेरिकी सञ्चारमाध्यमहरुले विभिन्न समाचार दिने गरेका छन् ।

यदि उत्तर कोरिया विगतको सो सहमतिको पक्षमा देखिएन भने अथवा उ निशस्त्रीकरणका लागि तयार भएन भने उसमाथि लगाइएको नाकाबन्दी आर्थिक हट्दैन, हटने छैन– सुरक्षा सल्लाहकार बोल्टनले भन्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोइमा दोस्रो चरणको शिखर वार्ता भएको थियो ।

सो वार्तामा कुनै पनि विषयमा सम्झौता भने नभएको बताइएको छ । उहाँहरुबीच कुनै सहमति नभएको भए पनि वार्ता भने सकारात्मक र प्रगतिउन्मुख रहेको अधिकारीहरुको भनाई छ ।

उहाँहरुबीच पहिलो चरणको वार्ता गत वर्षको जुन महिनामा सिंगापुरमा भएको थियो । सो वार्तामा उत्तर कोरियाले निशस्त्रीकरणका लागि प्रतिबद्धता अघि सारेको थियो ।

अमेरिकाले उत्तर कोरियासँगको वार्तालाई निरन्तरता दिने बताउँदै आएको छ । हनोइ बैठकपछि राष्ट्रपति ट्रम्पले भन्नुभएको थियो– कुनै विषयमा सम्झौता नै नभएको भए पनि वार्तालाई भने निरन्तरता दिइने छ, हनोई वार्ता सकारात्मक भएको छ ।