९ पुष २०८२, बुधबार
,
Latest
सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष प्रचण्डद्वारा पूर्वसांसद पण्डितप्रति श्रद्धाञ्जलि



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताउनुभएका दिवङ्गत वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको पार्थिव शरीरमा पुष्पहार चढाइ श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज अध्यक्ष दाहालले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । सो क्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङलगायत नेता तथा कार्यकर्ताले उहाँको पार्थिव शरीरमा पुष्पगुच्छा चढाइ श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

फागुन २१ गते नुवाकोटको एक पूजा कार्यक्रममा सरिक हुन जाने क्रममा हृदयघातबाट गम्भीर घाइते हुनुभएका ७२ वर्षीय पण्डितको उपचारका क्रममा निधन भएको थियो । दिवङ्गत नेता पण्डितका जीवनसङ्गिनी सावित्रीसहित, छोरा राजकुमार, किशोर र दिनेश तथा छोरी कल्पना, सफला र सुलोचना हुनुहुन्छ ।

उहाँ पुष्पलाल स्मृति प्रतिष्ठानका केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो । विसं २०४८ को आमनिर्वाचनमा नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उहाँ असल शिक्षक र सङ्गठकका रूपमा परिचित हुनुहुन्थ्यो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका पण्डित २०४२ सालका बमकाण्डमा गिरफ्तारमा पर्नुभएको थियो । पछिल्लो समय उहाँ पार्टीमा निष्क्रिय रहनुभएको थियो ।

आफ्नै परम्परा र संस्कृतिअनुसार उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।