९ पुष २०८२, बुधबार
,
Latest
सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको महाधिवेशन समय र परिस्थितिमा निर्भर रहन्छ : सभापति देउवा



अ+ अ-

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन समय र परिस्थितिमा निर्भर रहने बताएका छन् । देउवाले तोकिएकै मितिमा महाधिवेशन गठर्ने सहमति भए महाधिवेश हुने बताएका हुन् ।

विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै देउवाले तोकिएकै मितिमा महाधिवेशन आयोजना गर्न सक्दो प्रयास गर्ने बताएका छन् । उनले भने, यदि महाधिवेश गर्न सकिएन भने जस्तो परिस्थिति आउँछ त्यही अनुसार अघि बढ्ने हो।

उनले बुधबार बिहानै नेता प्रकाशमान सिंहको काठमाडौंको चाक्सीबारीस्थित घरमा बसेको गोप्य बैठकलाई आफुले सामान्य रुपमा लिएको बताएका छन् ।

रामचन्द्र पौडेल, कृष्णप्रसाल सिटौला, शंसाक कोइराला, शेखर कोइराला, अर्जुनरसिंह केसी, गगन थापा, चन्द्र भण्डारीलगायतका नेताहरु बैठकमा बस्नु भएछ यसलाई नराम्रो रुपमा लिन हुँदैन, सभापति देउवाले भने, त्यस्ता छलफल र बैठकले पार्टीभित्र कुनै फरक पार्ने पनि छैन।