८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

हुवावेद्वारा अमेरिकी सरकार विरुद्ध मुद्दा दायर, झुक्लान त ट्रम्प ?

हुवावेद्वारा अमेरिकी सरकार विरुद्ध मुद्दा दायर, झुक्लान त ट्रम्प ?
अ+ अ-

शेनजेन । सूचना प्रविधि एवं दूरसञ्चार प्रदायक चिनीया कम्पनी हुवावेले आफ्ना उत्पादन अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने अमेरिकी कानुन खारेजी गर्न माग गर्दै मुद्दा दायर गरेको छ ।

हुवावेले आफ्ना उपकरण मार्फत चीन सरकारका लागि जासुसी गरिरहेको आरोप लगाउँदै अमेरिकाले हुवावेका सामग्री खरिदमा प्रतिबन्ध लगाइरहेको छ । जासुसीको आरोप खेपिरहेको हुवावेका सामानमाथि अमेरिका सहित विश्वका धेरै देशमा प्रतिबन्ध लगाइएको छ ।

हुवावेले अमेरिकाको टेक्सासको प्लानोस्थित जिल्ला अदालतमा सन् २०१९ को अमेरिकी प्रतिरक्षा कानुन विरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ । उक्त कानुनले सरकारी निकायले हुवावेका उपकरण, सेवा वा हुवावेका ग्राहक रहेका अरु निकायका सेवा खरिद गर्न प्रतिबन्ध लगाएको छ ।

उक्त मुद्दा दर्तासँगै चिनीया कम्पनी हुवावे राजनीतिक, कानुनी समेतका सबै विधि उपयोग गर्न अग्रसर भएको देखाएको छ । उच्च गतिको पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि (फाइभ–जी) विकास गरिसकेको हुवावेले आफू विश्व बजारमा महत्वपूर्ण प्रतिस्पर्धी हुन चाहेको सङ्केत पनि दिएको छ ।

“हुवावेका उत्पादनमाथि प्रतिबन्ध लगाउनुपर्ने ठोस कारण र प्रमाण जुटाउन अमेरिकी कङ्ग्रेस पनि पटकपटक असफल भइसकेको छ । हामी कानुनी उपचार नै उपयुक्त र अन्तिम प्रयत्न हो भन्नेमा सोच्न बाध्य भएका छौं,” हुवावेका अध्यक्ष गुओ पिङले बताए ।

“कानुनी झन्झट समाप्त गर्ने हो भने हुवावेले अमेरिकामा अझ समुन्नत प्रविधि भित्र्याउने छ र उत्कृष्ट फाइभ–जी सञ्जाल निर्माणमा मद्दत गर्नेछ ।”

गुओले प्रतिबन्धका कारण भएको हानिनोक्सानीको यकिन विवरण नखुलाइएको बताए ।

“अमेरिकी सरकारले हुवावेलाई बदनाम गराउन कुनै कसर बाँकी राखेको छैन,” शेनजेनस्थित कम्पनीको मुख्यालयमा आयोजित गुओले पत्रकार सम्मेलनमा भने ।

गुओले अमेरिकी सरकारले हुवावेको सर्भर ह्याक गरेको तथा इमेलहरु र “सोर्स कोड” चोरी गरेको पनि दाबी गरे । तर उनले यस बारेमा विस्तृत विवरण दिन चाहेनन् ।

अमेरिकी सरकारले हुवावेबाट राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको जनाउँदै आएको छ । खासगरी हुवावेका संस्थापक रेन झेङफाई चिनीया सेनाका इन्जिनियर भएका कारण अमेरिकाले शङ्का जनाइआएको छ ।

हाल हुवावे विश्वकै अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी हुनुका साथै स्मार्टफोन उत्पादनमा सामसुङ र एप्पल कम्पनीलाई चुनौती दिइरहेको छ ।

चीनले हालै प्रयोगमा ल्याएको एक कानुनमा सबै चिनीया कम्पनीहरुले राष्ट्रिय सुरक्षामा सरकारलाई मद्दत गर्नुपर्ने व्यवस्था गरिएको छ । यो कानुनी व्यवस्थाले हुवावेका बारेमा थप चासो बढेको हो ।

संयुक्तराज्य अमेरिकाले हुवावेका उपकरणहरु अरु देशका गतिविधि जासुसी गर्न चीनको कम्युनिष्ट सरकारले दुरुपयोग गर्न सक्ने बताएको छ । अमेरिकाले हुवावेको सेवा प्रयोगमा नल्याउन अरु देशलाई पनि आह्वान गरेको छ ।