८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

बीजेपीकालागि शुभ मानिने मोदीको कुर्सीमा मोदी आफै बस्दै

बीजेपीकालागि शुभ मानिने मोदीको कुर्सीमा मोदी आफै बस्दै
अ+ अ-

काठमाडौँ । ५ वर्ष भन्दा बढी काँचको बाक्सामा राखिएको एउटा काठको कुर्सीलाई सिंगारपटार गर्न कानपुरका भाजपा कार्यकर्ताहरुलाई भ्याई नभ्याई छ । चुनावी माहोलकाबीच कानपुर जानलागेका प्रधानमन्त्री नरेन्द्र मोदीलाई राख्नको लागि सो कुर्सीलाई नै सिंगार्न सुरु गरिएको हो । नयाँ कुर्सी नकिनेर सोही पुरानो कुर्सीमा बस्नको लागि अहिले भ्याई नभ्याई छ ।

चुनावी माहोलमा यस कुर्सीलाई बीजेपीकालागि शुभ मानिएको कुर्सी हो त्यो । भारतीय जनता पार्टीका नेताहरुका अनुसार यो कुर्सी पार्टीकालागि एकदमै भाग्यशाली मानिएको छ । किनकी जब-जब नरेन्द्र मोदी यस कुर्सीमा बस्छन्, बीजेपी कानपुरको आसपासको सीटमा सम्मानजनक जीत हाँसिल गरिरहेको विश्वास विजेपीको छ । साथमा केन्द्र तथा प्रदेशमा समेत पार्टीलाई सोही कुर्सीमा बसेका कारण अभूतपूर्व सफलता मिल्ने विश्वास समेत भाजपाको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको शनिवार यानी ८ मार्चमा हुन लागेको र्‍यालीको समयको लागि भनेर अहिले सोही कुर्सीलाई रंगरोगन गर्न सुरु गरिएको छ । कामपुरका विजेपी नेताहरुको इच्छा यो छ कि मोदी कानपुर आएर फेरि एक पटक सोही कुर्सीमा बसुन् र फेरि प्रधानमन्त्री जितुन् । भारतीय जनता पार्टी कानपुरका जिल्ला अध्यक्ष सुरेन्द्र मैथानीले भने कि, २०१९को लोकसभा चुनावभन्दा पहिले नरेन्द्र मोदीले उत्तर प्रदेशमा आफ्नो पहिलो चुनावी विजय शंखनाद र्‍याली १९ अक्टोबर २०१३ का दिन इन्दिरा नगर मैदानमा गरेका थिए । सोही दिन सो कुर्सीमा मोदी पहिलो पटक बसेका थिए ।

मैथानीले भने कि अप्रिल २०१४ मा कोइला नगरमा लोकसभा चुनावको दौरान पीएमको जुलुस फेरि एक पटक कानपुरको कोइला नगर मैदानमा भएको थियो । सो समयमा पनि यही कुर्सीले उनको टीमलाई सत्तामा पुर्‍यायो । त्यसपछि उनी देशका प्रधामन्त्री बन्न पुगे । मैथानी भन्छन्, ‘त्यसपछि सेप्टेम्बर २०१६ मा उत्तर प्रदेश विधानसभा चुनावमा भन्दा पहिले मोदीले निराला नगर मैदानमा एक चुनावी सभा गरेका थिए । त्यो समयमा पनि मोदी सोही कुर्सीमा बसेका थिए । २०१७ मा उत्तर प्रदेशमा भारी बहुमतले बीजेपीको सरकार बन्यो।