२७ जेष्ठ २०८३, बुधबार
,
Latest
आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा सुन खानी दुर्घटना, मृतकको संख्या २७ पुग्यो



अ+ अ-

जकार्ता । मध्य इन्डोनेसियाको एक सुन खानीमा भएको दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २७ पुगेको राष्ट्रिय विपद् एजेन्सीले जनाएको छ ।

एजेन्सीका अधिकारीहरुले अरु व्यक्तिको खोज तथा उद्धारको कार्य अन्त्य भएको पनि जनाएका छन् । उद्धारकर्मीलाई सुन खानीको भित्री भागमा पुगेर खोज तथा उद्धारका कार्य गर्न कठिनाई भएपछि उद्धार कार्य स्थगित गरिएको हो ।

बोलाङ मन्गोन्डो जिल्लाका विपद् व्यवस्थापन एजेन्सीका प्रमुख ह्यारिस डिलापाङ्गाले सुन खानीभित्र कति मजदूर थिए भन्ने अझै टुङ्गो नलागेको जानकारी दिए ।

बिना अनुमति सञ्चालित उक्त सुन खानीमा गत फेब्रुअरी २६ मा दुर्घटना भएको थियो । उक्त खानीबाट १८ जना मजदूरलाई भने उद्धार गरिएको र उनीहरु विभिन्न चोटपटकबाट सख्त घाइते भएका छन् ।

एजेन्सीका अनुसार, खानीको कमजोर पूर्वाधार तथा कमजोर भूबनौटभित्र लामालामा सुरुङ खनिएका कारण इन्डोनेसियामा बारम्बार खानी दुर्घटना हुने गरेका छन् ।

इन्डोनेसिया सरकारले अवैधानिक सुन खानीमाथि प्रतिबन्ध लगाएको छ, तर देशका दुर्गम स्थानहरुमा सुन खानी निर्वाध रुपमा सञ्चालन हुने गरेका छन् ।