९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रधानमन्त्रीले भ्रष्टहरुलाइ संरक्षण दिएकाे डा. केसीकाे अाराेप

प्रधानमन्त्रीले भ्रष्टहरुलाइ संरक्षण दिएकाे डा. केसीकाे अाराेप
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि लामो समयदेखि आन्दोलनरत प्रा.डा.गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई माफियाको वफादार बनेको आरोप लगाएका छन् ।

बिहीबार सात बुँदै वक्तव्य निकाल्दै केसीले स्वास्थ्य र शिक्षा क्षेत्रका समस्या समाधान गर्नुको साटो प्रम ओली र उनी नेतृत्वको सरकार माफिया, दलाल र भ्रष्टहरुको वफादार बनेको आरोप लगाएका हुन् ।

डा केसीले मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन, विपन्न नागरिकले सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारका लागि आफू संघर्षमै रहेको बताउँदै यसलाई निरन्तरता दिने पनि उल्लेख गरेका छन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओली लगायत संसदको शिक्षा तथा स्वास्थ्य समिति तथा त्यस अन्तर्गतको उपसमितिमा रहेका सत्तारूढ़ दलका सांसदहरुले समेत चिकित्सा शिक्षा अघि बढाउने प्रक्रियालाई माफ़ियाको सेवा गरेर उनीहरुप्रति आफ्नो वफादारी प्रमाणित गर्ने मौकाको रुपमा उपयोग गरेको छ केसी भन्छन् त्यसो गर्दा संसदको स्वायत्तताको अवधारणामै कुठाराघात भएको छ।

डा. केसीले आफूले इलाममा १६ औँ अनशनका क्रममा उठाएको द्वन्द्वकालिन मुद्दालाई पुनस् उठाएका छन् । उनले द्वन्द्वकालीन न्यायको अवस्था झनै भयावह रहेको पनि टिप्पणी गरेका छन् । पीडितहरुका सरोकार सुनेर तिनका घाउमा मलम लगाउनु त के सरकारले झन् घाउमा नुनचुक छर्कने प्रयास गरिरहेको छु, केसीले भनेका छन्, द्वन्द्वकालका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरुलाई समेत उन्मुक्ति सुनिश्चित गर्न अहिले सरकार प्रयासरत छ ।

डा. केसीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग पुनर्गठन गर्नु पर्ने पनि माग गरेका छन् । उनले पीडितहरुको विश्वास जितेका विज्ञहरुलाई नियुक्त गर्ने, तिनको कार्य सम्पादनलाई इमान्दारीसाथ सहयोग गर्ने र सिफारिस कार्यान्वयन नगरिए पीडितहरुसँग न्यायका लागि अन्तर्राष्ट्रिय अदालतमा जानुको विकल्प नरहेको पनि बताएका छन् ।

८७ लाख घुसकाण्डमा मुछिएका अख्तियारका सदस्य राजनारायण पाठकबारे आफूले पहिले नै प्रश्न उठाएको पनि उनले बताएका छन् । पाठकलाई महाअभियोग नलगाइ भ्रष्टाचारबाट जोगाउने चलखे‍लमा सरकार लागेको पनि आरोप लगाएका छन् । महाअभियोग नलगाई भ्रस्टाचारबाट जोगाउन राजीनामा दिन लगाइएको आयुक्त राजनारायण सिंह पाठकलाई कानुनी कठघरामा उभ्याएर कानुन अनुसार कारवाही गरियोसु, उनले भने, विगतमै दोषी प्रमाणित भएर पदबाट हटाइ कारवाही नगरिएका अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्की र सर्वोच्च अदालतका तत्कालीन प्रधानन्याधीश गोपाल पराजुलीलाईसमेत कारवाही गरियोस।

पछिल्लो समय गण्डकी मेडिकल कलेज र किस्ट मेडिकल कलेजबाट भएको करोडौँको ठगीमा संलग्नलाई पनि तत्काल कानुनी दायरामा ल्याउन उनले माग गरेका छन् ।

एमबीबीएस, बीडीएस र नर्सिंग लगायतका कार्यक्रममा अर्बौंको कालोबजारी गर्ने निजी मेडिकल कलेजमाथि कारवाही गरियोस् उनले भनेका छन्,तीमध्ये कलेजको ठगी र आर्थिक अपराधका प्रमाणसहित आन्दोलनमा उत्रेका गण्डकी मेडिकल कलेजका विद्यार्थीको माग तत्काल सुनुवाइ गर्दै विद्यार्थीबाट असुलिएको अवैध रकम तत्काल ब्याजसहित फिर्ता गरियोस् केसीले भनेका छन् ।

उनले किस्टलगायत अन्य मेडिकल कलेजहरुमा समेत त्यस्तै ठगी भइरहेकाले त्यहाँका सबै विद्यार्थीसँग असुलिएको अतिरिक्त रकम फिर्ता गर्दै दोषी पदाधिकारीलाई फौजदारी मुद्दा चलाउन माग गरेका छन् ।

न्यायिक जाँचबुझ आयोगले दोषी ठहर गरेको त्रिवि पदाधिकारी लगायतका व्यक्तिहरु अहिले पनि मेडिकल माफियाको स्वार्थ अनुसार मेडिकल शिक्षाको गुणस्तर धराशायी बनाउन लागी परेको आरोप लगाएका छन् ।

उनले अख्तियारजस्तो संवेदनशील निकायमा बसेर वर्षौं संगठित अपराधको गिरोह चलाएका राजनारायण पाठकबारे सप्रमाण समाचार आउँदा पनि सरकार मौन बसेको आरोप लगाएका हुन् । निर्मला पन्तको बलात्कार र हत्या भएपछि न्यायका लागि सिंगो देश आन्दोलित हुँदा पनि अहिलेसम्म न दोषीलाई कानुनी दायरामा ल्याइएको छ न त प्रमाण नष्ट गर्ने र नक्कली अपराधी खडा गर्ने प्रहरीहरुमाथि कुनै कारवाही भएको छन् विज्ञप्तीमा भनिएको छ ।

भ्रष्टहरुलाई उन्मुक्ति र पुरस्कार दिइने यही लूटतंत्र र दण्डहीनता नै अहिलेको सरकारको कार्यशैली बनेको छ। समाजमा यस्तो भ्रस्टाचार र अपराधलाई नियन्त्रण गर्नुको सट्टा सरकार नागरिकको अभिव्यक्ति स्वतंत्रतामाथि अनेक अंकुश लगाउने र विरोधका आवाजहरुलाई दबाउने अभ्यासमा सक्रिय छ विज्ञप्तीमा भनिएको छ ।