२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसचिव लालु गिरीमाथि भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

काठमाडाैं – अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय, (पूर्वाधार विकास कार्यालय) भोजपुरका तत्कालीन सि.डि.ई. (उप-सचिव) लालु गिरीमाथि भ्रष्टाचारकाे अाराेपमा विशेष अदालतमा मुद्दा दायर गरेकाे छ ।

अायाेगका प्रवक्ता मदन काेइरालाका अनुसार, गिरीले भोजपुर-टक्सार-कोट-गोगने-लेखर्क सडक स्तरोन्नतिको लागि पेश्की तथा रनिङ्ग विल भुक्तानीको लागि पटक पटक रकम माग गरी रकम खातामा जम्मा गर्न तथा नगदै लिएको समेत गरी रू.१८ लाख ५० हजार घुस रिसवत लिएको पाइएकाे छ ।

सि.डि.ई. गिरीले घुस रकम लिएको पुष्टि भएकाे हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकोले निजलाई बिगो रू.१८ लाख ५० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम सजाय हुन मागदाबी लिई आरोप-पत्र दायर गरिएको प्रवक्ता काेइरालाले बताउनुभयाे ।