२७ जेष्ठ २०८३, बुधबार
,
Latest
आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपपछि पहिलोपटक अर्जेन्टिनी टिममा परे कप्तान मेस्सी



अ+ अ-

काठमाडौँ । कप्तान लियोनल मेस्सी रसिया विश्वकप २०१८ पछि पहिलोपटक अर्जेन्टिनाको टिममा परेका छन् ।

उनी भेनेजुएला र मोरक्कोविरुद्धको मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनाको प्रारम्भिक ३१ खेलाडीको लिष्टमा पर्न सफल भएका हुन् । उनले यसअघि अर्जेन्टिनाको ६ वटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल गुमाएका थिए ।

विश्वकप २०१८ को प्रिक्वाटरफाइनल खेलमा फ्रान्ससँग खेलेपश्चात मेस्सी अहिलेसम्म अर्जेन्टिना टिममा परेका थिएनन् । ३१ वर्षीय मेस्सीले १२८ खेलमा आफ्नो देशका लागि ६५ गोल गर्दै कीर्तिमानी रेकर्ड राखेका छन् ।

त्यस्तै, एन्जेलो डी मारियालाई पनि बोलाइएको छ । मेस्सीजस्तै उनी पनि विश्वकपपछि पहिलोपटक टिममा परेका हुन् ।

मुख्य प्रशिक्षक लियोनल स्कलोनीले इरिक लमेला र पाउलो गजानिगालाई टिममा राखेका छैनन् । त्यस्तै, भेनेजुएला र मोरोक्कोसँगको खेलमा सर्जियो अगुएरो र गोञ्जालो हिगुइन भने उपस्थित हुने छैनन् ।

अर्जेन्टिनाले यही मार्च २३ तारिखमा भेनेजुएलासँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यस्तै, मार्च २६ तारिखमा अर्जेन्टिनाले मोरक्कोसँग खेल्नेछ ।

कोपा अमेरिका फुटबल यही जुन १४ देखि जुलाई सातसम्म ब्राजिलमा हुँदैछ । अर्जेन्टिना समूह बी मा परेको छ भने यो समूहमा अर्जेन्टिनासँगै कोलम्बिया, पाराग्वे र २०२२ को विश्वकप आयोजक राष्ट्र कतार रहेका छन् ।