२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यको सलमानको खुट्टा छुने तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहले भारतबाट विस्फोटक पदार्थ र हतियार भित्र्याउँदै



अ+ अ-

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले हतियार र विस्फोटक पदार्थ भारतबाट भि­त्र्याएको पाइएको छ। केही दिनदेखि उक्त समूहले मुलुकका विभिन्न ठाउँमा आतंक मच्चाउँदै आएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् । 

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले खुला सीमाका कारण भारतबाट अवैध रूपमा विस्फोटक सामग्री भित्रिएको दाबी गरेका छन्। उनले द्वन्द्वका समयमा सञ्चित विस्फोटक पदार्थलाई अहिले विप्लव समूहले प्रयोग गरिरहेको बताए । सुवेदीले विस्फोटक पदार्थ सञ्चितबारे प्रहरी चनाखो भएर लागेको बताए ।

प्रहरीको विशेष ब्युरोमा लामो समय काम गरेका एक अधिकृतले भने, ‘ द्वन्द्वकालमा तत्कालीन माओवादीले हतियार र अन्य विस्फोटक पदार्थ भारतबाट ल्याएका थिए । अहिले विप्लवले पनि सोही संयन्त्रबाट विस्फोटक पदार्थ भित्र्याएको देखिन्छ ।’