९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

युवतीको हत्या गरी शव सप्तकोसीमा

युवतीको हत्या गरी शव सप्तकोसीमा
अ अ+ अ-

विराटनगर – नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङ मोरङ बेलबारी–४ की २६ वर्षीया रमिला राईको ‘हत्या’ मा मुछिएका छन् । उनले रमिलाको हत्या गरी शव सप्तकोशी नदीमा फालेको प्रहरी अनुन्धानले देखाएको छ । 

उनी तत्कालीन एमाले बेलबारीका अध्यक्ष बनेका थिए । उनी सामुदायिक अस्पताल र एक साझेदारी वनका अध्यक्ष पनि हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा किशोर बुढाथोकीले लेखेका छन् । 
 
हत्यापछि फरार गुरुङलाई प्रहरीले तीन दिन अघि इलामबाट पक्राउ गरेको थियो । प्रहरीले शुक्रबारबाटै सप्तकोसी नदी आसपासमा शवको खोजी गरिरहेको छ । आइतबारबाट शवको खोजीका लागि बेलबारीका स्थानीय बासिन्दाले पनि प्रहरीलाई सहयोग गरेका थिए । 

आइतबारबाट पौडी खेल्न जान्ने दक्ष प्रहरी टोलीसमेत शवको खोजीमा जुटेको छ । डुंगासहित पौडीबाज प्रहरी टोलीले खोजतलास व्यापक बनाए पनि साँझसम्म शव फेला पार्न नसकिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए ।  

 पक्राउ परेपछि तत्कालिन एमालेको बेलबारी नगरका पूर्व अध्यक्षसमेत रहेका गुरुङ आफैले घरमै हत्या गरेर शव गायव बनाउन नदीमा लगेर फ्यालिदिएको खुलेको प्रहरीको भनाइ छ ।  
 
प्रहरीले गुरुङले प्रयोग गर्दै आएको बा १५ च ७९१६ नम्बरको कार भने घरैबाट नियन्त्रणमा लिएको छ । गुरुङले आफ्नै घरमा महिलाको हत्या गरेपछि बोरामा पोको पारेर शव यही गाडीमा राखेर कोसी ब्यारेज पुर्‍याएर २९ नम्बर गेटबाट नदीको भँगालोमा फ्यालेको प्रहरीलाई बताएका छन् । गुरुङले बताए अनुसार खटिए पनि प्रहरीले शव भेटिन सकेको छैन । बेपत्ता भएकै रात महिलाको हत्या भएको खुलेको प्रहरीको भनाइ छ ।