१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता उडाउन हेलिकप्टर प्रतिस्पर्धा



अ+ अ-

धादिङ – राजधानीबाट सवारी साधनमा जाँदा २ देखि अढाई घण्टामै सदरमुकाम धादिङबेंसी पुगिन्छ । पृथ्वीराजमार्ग वरपर त झनै छिटो पुगिन्छ । सदरमुकामभन्दा बाहिर २ देखि ३ घण्टामा नपुग्ने कुनै बस्ती छैन ।

तर, आफ्नो पहुँच र शक्ति प्रदर्शनका लागि नेतालाई विभिन्न कार्यक्रममा ल्याउन हेलिकप्टर प्रयोग गर्ने जिल्लावासीमा प्रतिस्पर्धा चलेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा हरिहरसिंह राठोरले लेखेका छन् ।

गत साउनदेखि फागुन १७ सममको २४ दिनमा २८ वटा हेलिकप्टर धादिङको भूमीमा उत्रिएका छन् । 

राजमार्ग जोडिएको बेनीघाट चरौँदी महोत्सव उद्घाटन गराउन आयोजकले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई मंसिर १५ गते हेलिकप्टरबाट ल्याए । अध्यक्ष दाहाललाई नै गत माघ १ गते घले समाजद्वारा सरदमुकाममा आयोजित ल्होसार मनाउन हेलिकप्टरमै ल्याइयो ।

माघ १ गतेकै दिन सरदमुकामको खाल्टेमा गोरु जुधाउन मेला देखाउन कृषिमन्त्री चन्द्रदेव खनाललाई आयोजकले हेलिकप्टरमै ल्याए ।