९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

ट्राफिक प्रहरीलाई ३५ प्रतिशत भत्ता

ट्राफिक प्रहरीलाई ३५ प्रतिशत भत्ता
अ अ+ अ-

काठमाडौं – ट्राफिक प्रहरीलाई गृह मन्त्रालयले अतिरिक्त भत्ताको प्रस्ताव गरेको छ । सडकमा दैनिक १५ घन्टासम्म खटिने उनीहरूलाई ३५ प्रतिशतसम्म प्रोत्साहन भत्ताको प्रस्ताव अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

गृहले भत्तासम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ । गृहको प्रस्तावअनुसार डिएसपीसम्मका प्रहरीले प्रोत्साहन भत्ता पाउनेछन् । डिएसपीलाई बेसिक तलबको १० प्रतिशत, इन्स्पेक्टरलाई २०, सइ, असइलाई २५ तथा हवल्दार, सिपाही र कार्यालय सहयोगीलाई ३५ प्रतिशत भत्ता दिने प्रस्ताव गरिएको छ । 

सरकारले हालै विभिन्न निकायलाई शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरिसकेको छ । विगतमा ट्राफिक प्रहरीले पनि भत्ता पाउने र भत्ताका कारण जथाभावी कारबाही गरेको विवाद आएपछि साउनदेखि कटौती गरिएको थियो । माघ महिनादेखि फेरि भत्ता दिन थालिएको थियो । 

तर, त्यसमा ट्राफिक प्रहरीलाई समेटिएको छैन । कार्यालयमा बसेर काम गर्ने कर्मचारीलाई शतप्रतिशतसम्म भत्ता दिइएपछि ट्राफिक प्रहरीलाई भने थोरै भत्ता दिनसमेत कन्जुस्याइँ भएको प्रहरी अधिकारी बताउँछन् ।