१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलको सहज जित, सिटीसँगको उपाधि होड रोचक हुँदै



अ+ अ-

काठमाडौँ । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बर्नलीलाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।

एन्फिल्डमा भएको खेलमा अग्रता भने बर्नलीले लिएको थियो । छैटौं मिनेटमा वेष्टवुडले भ्रमणकारी टोलीलाई अग्रता दिलाए । तर, १९ औं मिनेटमा रोबर्टो फिर्मिनोले बराबरी गोल फर्काए । २९ औं मिनेटमा साडिओ मानेले गोल गरेपछि पहिलो हाफमा लिभरपुल २–१ को अग्रता लिन सफल भयो ।

दोस्रो हाफमा लिभरपुल नै हावी भयो । ६७ औं मिनेटमा फिर्मिनाले दोस्रो गोल गरे । तर, इन्जुरी टाइममा दुबै टिमले एकएक गोल गरे । बर्नलीका गुडमुनसनले गोल गर्दा लिभरुपलका मानले गोल गर्दै टिमलाई ४–२ को जित दिलाए ।

जितपछि लिभरपुलको ३० खेलबाट ७३ अंक भएको छ भने समान खेल खेलेको सिटीको ७४ अंक छ ।