१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध अष्ट्रेलियाको सानदार जित, खेर गयो धवनको शतक



अ+ अ-

काठमाडौँ । पिटर हेन्डस्कम्बले सानदार शतकको मद्दतले चौथो वानडे क्रिकेटमा अष्ट्रेलियाले भारतलाई चार विकेटले पराजित गरेको छ ।

आइतबार राती सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको तीन सय ५९ रनको लक्ष्य अष्ट्रेलियाले ४७.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । यस जितसँगै पाँच वानडे सिरीज २–२ को रोमान्चक मोडमा पुगेको छ ।

अष्ट्रेलियाको जितमा पिटर हेन्डस्कम्बले एक सय १७ रन बनाए । उस्मान ख्वाजाले ९१ र एस्टन टर्नरले अविजित ८४ रन बनाएका थिए । ग्लेन म्याक्सवेलले २३ र एलेक्स केरीले २१ रन बनाएका थिए । बलिङमा भारतका लागि जसप्रित बुमराहले तीन विकेट लिए । त्यस्तै कुलदिप यादव, युजवेन्द्र चाहाल र भुवनेश्वर कुमारले समान एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारि ५० ओभरमा ९ विकेटको क्षतिमा तीन सय ५८ रन बनाएको थियो । भारतका लागि शिखर धवनले एक सय ४३ रनको उत्कृष्ट इनिङ खेले ।

ओपनर रोहित शर्माले ९५ रन बनाएका थिए । ऋषभ पन्तले ३६, केएल राहुल र विजय शंकर समान २६ र केदार जाधवले १० रन बनाए । बलिङमा अष्ट्रेलियाका प्याट कमिन्सले पाँच विकेट लिए ।

झेय रिचड्सनले तीन र एडम जम्पाले एक विकेट लिएका थिए । अब अन्तिम खेलमा मार्च १३ तारिख हुनेछ ।