९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

ला लिगा : म्याड्रिडको फराकिलो जित,भालाडोलिड पराजित

ला लिगा : म्याड्रिडको फराकिलो जित,भालाडोलिड पराजित
अ अ+ अ-

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले रियल भालाडोलिडलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा रियलले भालाडोलिडलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । रियलेको जितमा करिम बेन्जेमाले दुई गोल गरे । त्यस्तै राफेल भराने र लुका मोड्रिचले समान एक एक गोल गरे । भालाडोलिडका लागि अनुअरले एक गोल गरेका थिए ।

खेलमा सुरुवाती अग्रता घरेलु टोली भालाडोलिडले लिएको थियो । २९औं मिनेटमा अनुअरले गोल गर्दै भालाडोलिडको अग्रता दिलाए । त्यसअघि रुबेन अल्काराजले पेनाल्टीमा गोल गर्न नसक्दा भालाडोलिड केही निरास बन्यो ।

३४औं मिनेटमा रियलले बराबरी गोल फर्कायो । भारानेले नाचोको पासमा बराबरीमा गोल फर्काएका थिए । त्यसपछि दोस्रो हाफमा रियलले तीन गोल थप्यो । ५१औं मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत गोल गरे । ५९औं मिनेटमा बेन्जेमाले टोनी क्रुसको पासमा हेड गोल गरेका थिए । ८०औं मिनेटमा क्यासेमिरो दोहोरो पहेँलो (रातो) कार्ड खाँदै बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

लुका मोड्रिचले रियलका लागि ८५औं मिनेटमा अर्को गोल थपे । उनले बेन्जेमाको पासमा गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।

जितसँगै तेस्रो स्थानमा रहेको रियलले २७ खेलबाट ५१ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको ६३ अंक छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५६ अंक छ । २६ अंक बनाएको भालाडोलिड १६औं स्थानमा छ ।

शनिबार रातिनै भएको अन्य खेलमा सेभिल्लाले रियल सोसाइडाडलाई ५–२, भ्यालेन्सियाले गिरोनालाई ३–२, भिल्लारियलले लिभान्तेलाई २–० र रियल बेटेसिले सेल्टा भिगोलाई १–० गोलले हराएको छ ।