२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्प र किमबीच तेस्रो शिखर वार्ताको तयारी



अ+ अ-

काठमाडौँ । अमेरिका र उत्तर कोरियाबीच तेस्रो शिखर वार्ताको तयारी भइरहेको एक अमेरिकी अधिकारीले बताएका छन् । ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियासँग तेस्रो पटक वार्ताको तयारीबारे बताएका हुन् ।

एबीसी टेलिभिजनसँग कुरा गर्दै बोल्टनले भनेका छन्, ‘उत्तर कोरियाका नेता किम जोङ्ग उनसँग तेस्रो शिखर वार्ताको लागि अमेरिका खुला छ ।’

तेस्रो वार्ताको वातावरण बनाउन अमेरिकी राष्ट्रपति ट्रम्पले धेरै समय खर्चिरहेको बोल्टनको भनाइ छ । किमसँग व्यक्तिगत सम्बन्ध विकासको प्रयास भइरहेको उनले जानकारी दिए ।

उत्तर कोरियासँगको पहिलो ऐतिहासिक वार्ता सिंगापुरमा र दोस्रो शिखर वार्ता भियतनाममा भएको थियो । पहिलो वार्तामा भएका सहमति कार्यान्वयनको आधार तयार पार्ने भनिए पनि भियतनामको वार्ता निष्कर्षविहीन भएको थियो ।