१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्प र किमबीच तेस्रो शिखर वार्ताको तयारी



अ+ अ-

काठमाडौँ । अमेरिका र उत्तर कोरियाबीच तेस्रो शिखर वार्ताको तयारी भइरहेको एक अमेरिकी अधिकारीले बताएका छन् । ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियासँग तेस्रो पटक वार्ताको तयारीबारे बताएका हुन् ।

एबीसी टेलिभिजनसँग कुरा गर्दै बोल्टनले भनेका छन्, ‘उत्तर कोरियाका नेता किम जोङ्ग उनसँग तेस्रो शिखर वार्ताको लागि अमेरिका खुला छ ।’

तेस्रो वार्ताको वातावरण बनाउन अमेरिकी राष्ट्रपति ट्रम्पले धेरै समय खर्चिरहेको बोल्टनको भनाइ छ । किमसँग व्यक्तिगत सम्बन्ध विकासको प्रयास भइरहेको उनले जानकारी दिए ।

उत्तर कोरियासँगको पहिलो ऐतिहासिक वार्ता सिंगापुरमा र दोस्रो शिखर वार्ता भियतनाममा भएको थियो । पहिलो वार्तामा भएका सहमति कार्यान्वयनको आधार तयार पार्ने भनिए पनि भियतनामको वार्ता निष्कर्षविहीन भएको थियो ।