९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

इथियोपियन एयरलाइन्स दुर्घटनापछि चीनमा बोइङ ७३७ म्याक्स ८ विमान उडाउन रोक

इथियोपियन एयरलाइन्स दुर्घटनापछि चीनमा बोइङ ७३७ म्याक्स ८ विमान उडाउन रोक
अ अ+ अ-

काठमाडौँ । इथियोपियामा र इन्डोनेसियामा बोइङ ७३७ म्याक्स ८ विमानहरु दुर्घटना भएपछि चीनले आफ्ना सबै घरेलु सेवाप्रदायक कम्पनीहरुलाई विमानहरु तत्कालै ग्राउन्ड गर्न निर्देशन दिएको छ ।

यही मोडलको विमान आइतबार इथियोपियामा दुर्घटना भएपछि चीनले यस्तो निर्देशन जारी गरेको हो ।

दुई दुर्घटनामा देखिएको ‘समानता’ लाई औल्याउँदै चीनको नागरिक उड्डयन प्राधिकरणले स्थानीय समयअनुसार सोमबार साँझ ६ बजेभित्र सबै ७३७ म्याक्स ८ विमानलाई ग्राउन्ड गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै विमानको सुरक्षालाई सुनिश्चित गरेपछि मात्र उक्त मोडलको विमानलाई उडान भर्न अनुमति दिइने बताएको छ ।

‘दुवै दुर्घटनामा नयाँ बोइङ ७३७–८ विमान परेको छ र दुवै दुर्घटना उडान भर्ने क्रममा भएका छन् । दुवैमा केही समानताहरु छन्,’ सुरक्षाको विषयमा शुन्य सहनशीलता अपनाउने आफ्नो नीति दोहोराउँदै प्राधिकरणले भनेको छ । ७३७ म्याक्स ८ लाई ७३७–८ पनि भनिन्छ ।

उड्डयन प्राधिकरणले यसमा विषयमा अमेरिकी फेडरल एभिएसन एडमिनिस्ट्रेसन र बोइङ कम्पनीसँग छलफल गर्ने बताएको छ ।

केन्यातर्फ उडिरहेको इथियोपियन एयरलाइन्सको विमान आदिस अबाब नजिकै दुर्घटना हुँदा विमानमा सवार सबै १५७ जनाको निधन भएको थियो । यसमा ८ जना चिनियाँ नागरिक पनि थिए ।

यसअघि सन् २०१८ को अक्टोबरमा इन्डोनेसियाको लायन एयरको ७३७ म्याक्स ८ विमान जकार्ताबाट उडान भर्ने बित्तिकै दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो ।

चीनमा हाल ७६ वटा बोइङ ७३७ म्याक्स ८ विमान रहेका छन् भने त्यहाँ थप १०४ वटा विमान अर्डर गरिएको छ ।