८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा

सिके राउतसँग गरेको सहमतिमा सरकार गम्भीर छैन, सस्तो लोकप्रियताको उदाहरण दियो : सिंह

सिके राउतसँग गरेको सहमतिमा सरकार गम्भीर छैन, सस्तो लोकप्रियताको उदाहरण दियो : सिंह
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्वतन्त्र मधेसको पक्षमा प्रदर्शन गर्दा पनि प्रहरी प्रशासन चुप लागेर बस्नुले सरकार सहमतिमा गम्भीर नभएको आरोप लगाएका छन् । सिंहले सहमतिको भोलिपल्टै सिके राउतका कार्यकर्ताहरुले धनुषामा सरकारसँग भएको सहमतिको विपरीत गएर स्वतन्त्र मधेसको नारा लगाउनुले सरकारको सस्तो लोकप्रियताको अर्को एउटा उदाहरण भएको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले भने, ‘स्वतन्त्र मधेस अभियानलाई रोक लगाउन सरकारले सिके राउतसँग ११ बुँदे सहमति गरे कै होइन रहेछ भन्ने कुरा हामीले देखेका छौं र पछिलो घटनाक्रमले पनि देखाएको छ ।’ उनले सरकारले गरेको सहमति विपरीत गएर राउतका कार्यकर्ताहरुले गरेको प्रर्दशनलाई सकारात्मक रुपमा लिन नसकिने उल्लेख गरे ।

सिंहले सिके राउतसँग भएको सहमति धेरै नटिक्ने संकेतको रुपमा यसलाई लिन सकिने बताए । उनले भने, ‘सरकारको अरु कदमजस्तै यो पनि सस्तो लोकप्रियता कमाउने, त्यसको टिकाउ धेरै नहुने अर्को कुराको उदाहरणको रुपमा हामीले यसलाई लिन सक्छौं ।’

सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएको भोलिपल्ट गृहमन्त्री रामबहादुर थापा (बादल)ले संसदमा जवाफ दिइरहेको बेला धनुषामा उनका कार्यकर्ताहरुले स्वतन्त्र मधेस लेखिएका ब्यानरसहित प्रदर्शन गरेका थिए । उनीहरुले ‘स्वतन्त्र मधेस जिन्दावाद’का नारा लगाएका थिए ।