७ पुष २०८२, सोमबार
,
Latest
म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी चुनाव : मेयरमा बाख्रो विजयी !



अ+ अ-

काठमाडौँ । अमेरिकाको बरमोन्टस्थित फेयर हेभन सहरमा एक बाख्रालाई मेयर बनाइएको छ। मेयर चुन्नका लागि गरिएको उक्त चुनावमा बाख्रो चुनिएको हो । उक्त चुनावमा मेयरका लागि १६ वटा अन्य जनावर पनि उम्मेदवार बनाइएका थिए।उम्मेदवारका लागि कुकुर र बिरालालाई पनि समावेश गराइएको थियो।

अन्तिममा तीन वर्षको लिंकन नामको बाख्रा सहरको मेयर बन्यो।लिकंन १३ भोट ल्याएर मेयर बनेको हो।उनको निकटतम प्रतिद्वन्द्वी सैम्मी नामको कुकुरले १० भोट लिएर हार खानुपर्‍यो।अरु उम्मेदवारहरुले जम्मा ३० भोट मात्र प्राप्त गरे।
लिंकनको कार्यकाल १ वर्षको हुनेछ।

लिंकनलाई टाउन मिटिङ डेको अवसरमा मेयर बनाइएको हो।लिंकनले मेयरको पदभार पनि सम्हालिसकेको छ। अब लिंकन सहरमा हुने कार्यक्रममा प्रमुख अतिथि भएर कार्यक्रमको उद्घाटन गर्नेछ। फेयर हेभनमा करिब २५ सय मानिसको बसोबास छ।यहाँ अहिलेसम्म कोही मेयर बनेका छैनन्।

टाउन म्यानेजरका अनुसार जनावरलाई सहरको मेयर बनाउने आइडिया उनलाई उत्तरी मिसिगन राज्यले दिएको थियो।सोही अनुसार उनले स्थानीयस्तरमा खेलकुद मैदानका लागि रकम जुटाउन यो तरिका अपनाएका बताएका छन्।