१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार ढाल्न देशी–विदेशी शक्ति जुटाएर मोर्चा कसे : गृहमन्त्री थापा



अ+ अ-

भैरहवा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वकमा रहेको सरकार ढाल्न विभिन्न शक्तिहरुले चलखेल गर्न सुरु गरेको बताएका छन् । उनले हाल नेकपा शक्तिशाली बन्दै गइरहेको अबस्थामा सरकार ढाल्न देशी–विदेशी शक्ति जुटाएर मोर्चा कसेको आरोप लगाएका छन् ।

रुपन्देहीको भैरहवामा सोमबार आयोजित नेकपाको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले अहिलेको राज्य व्यवस्था उल्ट्याउन बाहिरी शक्ति मोर्चा बनाएर लागिरहेको उल्लेख गरेका छन् ।

‘पराजित शक्तिहरु बलियो अबस्थामा रहेको नेकपा नेतृतवको सरकार उल्ट्याउन र पराजित गर्न खोजेका छन्’, उनले भने, ‘प्रतिगामी शक्तिहरु यसमा लागि रहेका छन् । साम्राज्यवादी र प्रतिगामीका लागि कम्युनिष्ट सरकार तारो बनेको छ ।’

नेकपाले चमत्कारिक उपलब्धी हाँसिल गरेको बताउँदै पराजितहरु यसलाई उल्ट्याउन लागिरहेको उनले बताए । सरकार गिराउ ढाल्नको लागि षड्यन्त्र भइरहेका बताएका छन् । उनले भने हाम्रो सरकार ढाल्नको लागि भित्र र बाहिरका शक्तिहरु मिलेर चलखेल गरिरहेका छन्, हामी यी चुनौतीलाई चिर्दै अघि बढेका छौँ ।

बादलले एक वर्षको अवधिमा सरकारले सोचेजति काम गर्न नसकेको स्वीकारे । चैतदेखि विकास र समृद्धिका लागि देशव्यापी अभियानमा जाने उनले बताए ।