१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेको टिम लाहोरले दियो सुल्तान्सलाई १४१ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ। पाकिस्तान सुपर लिग क्रिकेट पीएसएलमा लाहोर कलन्दर्सले मुल्तान सुल्तान्सलाई १४१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको लाहोरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४० रन बनाएको हो ।

लाहोरका लागि फकार जमानले ५३ रन बनाउँदा डेभिड वाइजले ३० रनको योगदान दिए । एस्ले गुणारत्नेले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । मुल्तानका लागि मोहमद अब्बासले ३ तथा साहिद अफ्रिदीले २ विकेट हात पारे ।

दुवै टिम प्रतियोगितबाट बाहिरिएकाले अन्तिम खेलमा सुखद् नतिजा निकाल्दै प्रतियोगितबाट विश्राम लिने लक्ष्यमा रहेका छन् ।


सुरुवाति तीन खेल गुमाएका सन्दीप जारी लिगमा आज सातौं खेल खेल्दैछन् । उनले अहिलेसम्मका छ खेलमा ११ विकेट लिइसकेका छन् ।