१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्च १५ देखि २९ सम्म काठमाडौँ र पोखरामा जापनीज फिल्म फेस्टिभल हुने



अ+ अ-

काठमाडौँ । काठमाडौँ र पोखरामा जापानी फिल्म फेस्टिभल हुने भएको छ । जापानीज दूतावासको सहयोगमा जापान फाउन्डेसन र जापानी भाषा शिक्षक एसोसिएशन नेपाल (जालान)को आयोजनामा मार्च १५ देखि २९ सम्म उक्त फेस्टिभल गर्न लागिएको हो ।

आयोजका अनुसार पोखरा चेम्र्बस अफ कमर्समा १५ मार्च शुक्रवार दुई फिल्महरु देखाइने भएको छ । १ बजेदेखि Survival Family र ३ः१५ देखि Ninja Kids देखाइने छ । त्यस्तै मार्च १६ मा Time of Eve The Movie र It’s Beautiful Life देखाइने छ । उक्त फिल्महरु दिउसो १२ र २ बजे देखाइने छ ।

त्यस्तै काठमाडौँको आर्मि अफिसियल कल्ब टुडिँखेलमा मार्च २२ मा १ बजेदेखि Centimeter per Second देखाने छ भने २ बजेदेखि Hana no Ato देखाइने छ । त्यस्तै मार्च २३ मा ११,१२ः५० र ३ः३० बजेदेखि क्रमश : Pop In Q,From Me to You र Noriben देखाइने छ ।

जापनीज दूतावासको हल, पानीपोखरीमा शुक्रवार २९ मार्चमा चार फिल्महरु देखाइनेछ । ११ बजे Ninja Kids, १२ः ४० मा Time of Eve The Movie २ः३० मा Survival Family र २ः४० मा It’s Beautiful Life मा फिल्महरु देखाइने छ ।