२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्च १५ देखि २९ सम्म काठमाडौँ र पोखरामा जापनीज फिल्म फेस्टिभल हुने



अ+ अ-

काठमाडौँ । काठमाडौँ र पोखरामा जापानी फिल्म फेस्टिभल हुने भएको छ । जापानीज दूतावासको सहयोगमा जापान फाउन्डेसन र जापानी भाषा शिक्षक एसोसिएशन नेपाल (जालान)को आयोजनामा मार्च १५ देखि २९ सम्म उक्त फेस्टिभल गर्न लागिएको हो ।

आयोजका अनुसार पोखरा चेम्र्बस अफ कमर्समा १५ मार्च शुक्रवार दुई फिल्महरु देखाइने भएको छ । १ बजेदेखि Survival Family र ३ः१५ देखि Ninja Kids देखाइने छ । त्यस्तै मार्च १६ मा Time of Eve The Movie र It’s Beautiful Life देखाइने छ । उक्त फिल्महरु दिउसो १२ र २ बजे देखाइने छ ।

त्यस्तै काठमाडौँको आर्मि अफिसियल कल्ब टुडिँखेलमा मार्च २२ मा १ बजेदेखि Centimeter per Second देखाने छ भने २ बजेदेखि Hana no Ato देखाइने छ । त्यस्तै मार्च २३ मा ११,१२ः५० र ३ः३० बजेदेखि क्रमश : Pop In Q,From Me to You र Noriben देखाइने छ ।

जापनीज दूतावासको हल, पानीपोखरीमा शुक्रवार २९ मार्चमा चार फिल्महरु देखाइनेछ । ११ बजे Ninja Kids, १२ः ४० मा Time of Eve The Movie २ः३० मा Survival Family र २ः४० मा It’s Beautiful Life मा फिल्महरु देखाइने छ ।