२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवघाटधाममा शिवमूर्ति निर्माणका लागि पशुपतिनाथमा महायज्ञको तयारी



अ+ अ-

काठमाडौं । चितवनको देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति बनाउन काठमाडौँमा धातु सङ्कलनका लागि महायज्ञको तयारी थालिएको छ ।

आठ प्रकारका धातु सङ्कलनका लागि आगामी वैशाख १ गतेदेखि ११ गतेसम्म काठमाडौँको पशुपतिनाथस्थित हंशमण्डपमा हुने ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’को तयारी तीव्र पारिएको मूल आयोजक समितिका संयोजक केशव पाण्डेले जानकारी दिए । महायज्ञको विषयमा सोमबार चितवनबाट काठमाडौँ आएर पत्रकारिता गरिएकाहरुसँग अन्तरक्रियामा उनले देशकै सम्पत्तिको रूपमा रहेको देवघाटधाममा निर्माण हुने शिवको मूर्तिले धार्मिक पर्यटक बढ्ने विश्वास रहेको बताए ।

पण्डित ईश्वरकृष्ण महाराजको सङ्कल्पमा देवघाटधाम संरक्षण प्रतिष्ठानले महायज्ञको आयोजना गर्दैछ । महायज्ञबाट करिब पाँच करोड बराबरको धातु सङ्कलन गर्ने लक्ष्य राखिएको प्रतिष्ठानले जनाएको छ । महायज्ञमा तीन करोडको बेलपत्र चढाउने कार्यक्रमसमेत छ । देवघाटमा चाँदी, सुन, तामा, पित्तल, ढलोट, चरेस, काँच, फलाम मिश्रित धातुबाट शिवको मूर्ति निर्माण हुँदैछ ।

तीन वर्षदेखि शुरु भएको अभियानअन्तर्गत अहिलेसम्म ७० क्विन्टल धातु र ३२ लाख सङ्कलन भइसकेको छ । झण्डै आठ करोडको लागतमा देवघाटमा शिवको मूर्तिसहित जमिनमुनि पूजा र सङ्ग्रहालय कोठा, यात्रु विश्राम गृह, पार्क निर्माण गर्ने योजना छ । अहिले माटोबाट नमूना मूर्ति तयार भइसकेको प्रतिष्ठानका महासचिव मदन मिश्रले जानकारी दिए । महायज्ञमा एक लाख दान गर्नेलाई संस्थापक सदस्य र पाँच लाख दान गर्नेलाई संस्थापक सदस्यका साथै संरक्षक बनाइने आयोजकको भनाइ छ ।

सरकारबाट ५० लाख सहयोग भए पनि अर्थिक तथा धातुको अभाव भएको बताइएको छ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नकुल अर्यालले चितवनबाट काठमाडौँमा आई पत्रकारिता गर्ने पत्रकारहरुका लागि यो कार्यक्रम ठुलो अवसर भएको उल्लेख गर्दै प्रचारप्रसारमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

महायज्ञका मिडिया संयोजक नारायण ढुङ्गानाले देशकै नमूना कामका लागि सञ्चारमाध्यमले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए । प्रतिष्ठानका संरक्षक बालकृष्ण अर्यालले देवघाटमा निर्माण हुन लागेको अष्टधातुको शिवमूर्ति, देशको गहनाको रूपमा रहने विश्वास व्यक्त गरे ।