१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिके राउतसँगको सम्झौता राष्ट्रघाती छ ,राष्ट्रघाति कार्य गर्नेलाई जेल हाल्नुपर्छ : देउवा



अ+ अ-

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथकतावादी आन्दोलन गरिरहेको सिके राउतसँगको सम्झौता राष्ट्रघाती भएको बताएका छन् । सम्झौतामा देश टुक्राउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी ‘जनअभिमत’ भनिएको देउवाले बताए

प्रेस युनियन कास्कीले आज (मंगलबार) आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पृथकतावादी आन्दोलन गर्नेसँग सम्झौता गर्नु सकारात्मक भएपनि जनमत संग्रहका लागि तयार हुनु राष्ट्रघाति हुने बताए । उनले भने,नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा हामीलाई सैहृय हुँदैन । सिकेसँगको सम्झौतालाई राष्ट्रघाती कामका रुपमा लिएका छौं । देशलाई टुक्राउने कुरा हामी मान्दैनौं ।’

अलग्गै देशबाट सहमति लिएजसरी सिकेले बोलिरहेको देउवाले बताए । ‘सिके राउतले अलग्गै देश बनाउन सहमति भन्छ त, मैले भनेको कुरा होइन,’ देउवाले भने, ‘देश टुक्राउने कुरा गरेको छ, मूलधारमा आएको भए त्यसो भन्थे ?’

देउवाले सरकारले सीके राउत मधेसलाई छुट्टै राष्ट्र बनाउनुपर्ने भन्दै लागिरहेको भन्दै राष्ट्रघाति कार्य गरेकोमा पक्राउ गर्नुपर्ने जिकिर गरे ।

सरकारको एक वर्षको काम पनि निराशाजनक भएको भन्दै उनले सरकार संघीयतालाई कमजोर बनाउने खेलमा लागेको बताए ।

केपि ओली नेतृत्वको सरकारले गरेका नकारात्मक कार्यविरुद्ध कांग्रेस देशव्यापि रुपमा सशक्त आन्दोलनमा उत्रने पनि देउवाले चेतावनी दिए ।