१६ भाद्र २०८३, मंगलवार
,
Latest
भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई आक्रमणमा परी आईएसका ५० जना लडाकू मारिए



अ+ अ-

दमास्कस । इस्लामिक स्टेट (आईएस) लडाकूहरुको पकड रहेको मानिने क्षेत्रमा भएको हवाइ आक्रमणमा परी कम्तीमा ५० जना मारिएका छन् ।

सिरियाको राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य हवाई आक्रमणमा परी सोमबार मात्रै उनीहरु मारिएका हुन् ।

डेइर अल जौर प्रान्तमा पर्ने बाघौजमा रहेका आइएस लडाकूहरुलाई लक्षित गरी हवाई आक्रमण भएको जनाइएको छ ।
आक्रमणमा परी मारिएका मध्ये अधिकांश महिला र बालबालिका रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
अमेरिकाको सहयोग रहेको सिरियन डेमोक्रयाटिक फोर्स ९एसडीएफ०ले आइतबार नै आइएस लडाकू विरुद्ध देशको पूर्वी क्षेत्रमा आक्रमण गर्ने घोषणा गरेको थियो ।

आक्रमण गर्नुअघि एसडीएफले समयसिमा तोकेर आत्मसमपर्ण गर्न आइएस लडाकू र उनीहरुका परिवारलाई आह्वान गरेको थियो ।

तर आइएस लडाकू र उनीहरुका आफन्तसहित हजारौले आत्मसमपर्ण गर्न अस्विकार गर्दै लक्षित क्षेत्र छाडेर अन्यन्त्र भागेका थिए ।