१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दिप लामिछाने स्वदेश फर्कदै



अ+ अ-

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग ९पिएसएल० क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कदै छन् ।

राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप आज दिउँसो ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका टिम व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिए ।

सन्दीपले उक्त प्रतियोगितामा सात खेल खेल्दै ११ विकेट लिएका थिए । सन्दीपको टिम लाहोरले प्रतियोगिताको १० खेलमा छ अङ्क जोड्ेको थियो । उनकोे टिम प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।