८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा

काण्डे सरकारले राउतलाई सेटिङमा रिहा गर्याे, राजनीतिक विद्रोह गर्नेलाई आजीवन कारावास हाल्यो

काण्डे सरकारले राउतलाई सेटिङमा रिहा गर्याे, राजनीतिक विद्रोह गर्नेलाई आजीवन कारावास हाल्यो
अ+ अ-

सप्तरी । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार काण्डैकाण्डमा फस्दै गएका कारण जनता असन्तुष्ट बनेको बताएका छन् । उनले सरकार एकपछि अर्को काण्डमा फसेको कारण जनअपेक्षा बमोजिम काम गर्न नसेको आरोप लागाएका हुन् ।

मंगलबार बिहान राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले सरकार बाइडबडी काण्ड, सुनकाण्ड, एनसेल काण्ड, बुढीगण्डकी काण्ड,सिके राउत काण्ड र रेशम चौधरी काण्डमा फसेको बताए । ‘बाइडबडी काण्ड, सुनकाण्ड, एनसेल काण्ड, बुढीगण्डकी काण्डसहित काण्डैकाण्डमा सरकार फस्दै गएको छ’ भट्टराईले भने, ‘यसले मुलुकको आर्थिक विकासमा पनि नकारात्मक प्रभाव पारिरहेको छ ।’

भ्रष्टाचार बढेको, आर्थिक क्षेत्र कमजोर बन्दै गएको, वैदेशिक लगानी घट्दै गएको र आर्थिक सूचकांक ओरालो लागेको उनले बताए । ‘काण्डैकाण्डमा फँस्नु र विकृतिहरु बढ्दै जानुको मतलव सरकार असफल हुनु हो’ उनले भने, ‘विकास खर्च गर्न नसक्ने र राजश्व अपेक्षा अनुरुप उठाउन नसक्ने भनेर सरकारले नै भनेको छ ।’

उनले सरकारले राउतलाई सेटिङमा रिहा गरिएको आरोप समेत लगाए । ‘छुट्टै मधेशको माग गर्ने सिके राउतलाई सरकारले सेटिङ गरेर निकाल्ने अनि राजनीतिक विद्रोह गर्नेलाई आजीवन कारावास हुने ? उनले भने ।

टीकापुरमा सुरक्षाकर्मी मारिनु दुःखद भएको तर, सो घटना राजनीतिक विद्रोह भएको उनले बताए । ‘राजनीतिक विद्रोह गर्नेलाई सोही अनुरुप व्यवहार हुनुपर्छ’ उनले भने ।