१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काण्डे सरकारले राउतलाई सेटिङमा रिहा गर्याे, राजनीतिक विद्रोह गर्नेलाई आजीवन कारावास हाल्यो



अ+ अ-

सप्तरी । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार काण्डैकाण्डमा फस्दै गएका कारण जनता असन्तुष्ट बनेको बताएका छन् । उनले सरकार एकपछि अर्को काण्डमा फसेको कारण जनअपेक्षा बमोजिम काम गर्न नसेको आरोप लागाएका हुन् ।

मंगलबार बिहान राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले सरकार बाइडबडी काण्ड, सुनकाण्ड, एनसेल काण्ड, बुढीगण्डकी काण्ड,सिके राउत काण्ड र रेशम चौधरी काण्डमा फसेको बताए । ‘बाइडबडी काण्ड, सुनकाण्ड, एनसेल काण्ड, बुढीगण्डकी काण्डसहित काण्डैकाण्डमा सरकार फस्दै गएको छ’ भट्टराईले भने, ‘यसले मुलुकको आर्थिक विकासमा पनि नकारात्मक प्रभाव पारिरहेको छ ।’

भ्रष्टाचार बढेको, आर्थिक क्षेत्र कमजोर बन्दै गएको, वैदेशिक लगानी घट्दै गएको र आर्थिक सूचकांक ओरालो लागेको उनले बताए । ‘काण्डैकाण्डमा फँस्नु र विकृतिहरु बढ्दै जानुको मतलव सरकार असफल हुनु हो’ उनले भने, ‘विकास खर्च गर्न नसक्ने र राजश्व अपेक्षा अनुरुप उठाउन नसक्ने भनेर सरकारले नै भनेको छ ।’

उनले सरकारले राउतलाई सेटिङमा रिहा गरिएको आरोप समेत लगाए । ‘छुट्टै मधेशको माग गर्ने सिके राउतलाई सरकारले सेटिङ गरेर निकाल्ने अनि राजनीतिक विद्रोह गर्नेलाई आजीवन कारावास हुने ? उनले भने ।

टीकापुरमा सुरक्षाकर्मी मारिनु दुःखद भएको तर, सो घटना राजनीतिक विद्रोह भएको उनले बताए । ‘राजनीतिक विद्रोह गर्नेलाई सोही अनुरुप व्यवहार हुनुपर्छ’ उनले भने ।