१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघद्धारा सिके राउतसँग सरकारले गरेको सम्झौता खारेजीको माग



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौता खारेजीको माग गरेको छ । सरकारले गरेको सम्झौता राष्ट्रिय हित विपरीत भएको भन्दै उक्त सम्झौता खारेजको माग गरिएको हो ।

नेविसंघले मंगलबार (आज) राजधानीका ठुला क्याम्पस मानिएका रत्नराज्य (आरआर), शंकरदेव, त्रिचन्द्र, पशुपति लगायतका क्यापसअगाडि प्रदर्शन गरेको थियो । नेविसंघले आरआरबाट निकालेको विरोध र्‍याली त्रिचन्द्र पुगेर कोणसभामा परिणत भएको थियो ।

सरकारले राउतसँग राष्ट्रघाती समझौता गरेको भन्दै उक्त समझौता खारेजी नगरे कडा आन्दोलदन गर्ने चेतावनी आरआर क्याम्पसका अनुराग साहले दिए । उनले सिके राउतसँग गरिउको सम्झौता राष्ट्रिय अखण्डतामाथि प्रहार भएको भनदै खारेज गर्न माग गरे ।

प्रदर्शनमा उत्रिएका नेविसंघका नेता कार्यकर्ताले सिके राउतलाई कारवाही गर्न समेत माग गरेका थिए ।