१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

३० प्रतिशत युवा वैदेशिक रोजगारमा, कारण के हो खोजिने छ- मन्त्री विष्ट



अ+ अ-

काठमाडौँ । नेपालबाट विदेशिनेको संख्या बढ्दै गएको एकब अध्ययनले देखाएको छ । उक्त अध्ययनको अनुसार नेपालबाट झण्डै ३० प्रतिशत युवा कामको खोजीमा विदेशिने गरेका छन् ।

मंगलबार काठमाडौँ भएको एक कार्यक्रममा युवा नेतृत्वले अध्ययन सार्वजनिक गरेको हो । ऋध्ययनका अनुसार नेपालको कूल जनसँख्याको झण्डै ४४ प्रतिशत युवा रहेका र त्यसमध्ये झण्डै ३० प्रतिशत युवा काम खोज्दै विदेशिने गरेको देखाएको हो ।

अध्ययनले नेपलबाट काम खोज्दै विदेशिनेमा सबैभन्दा धेरै २१ देखि ३४ वर्ष उमेर समूहका युवा रहेको अध्ययनमा उल्लेख छ ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशमा भएको काम छाडेर युवा विदेशिनुको कारण खोज्ने बताए।


उनले भने, “श्रम बजारको माग र आवश्यकता परिपूर्ति गर्न युवालाई सीप र तालीम दिने सन्दर्भमा सरकारले तीन मन्त्रीको सहभागितामा कमिटी गठन गरेको छ । उक्त कमिटीले अबका दिनमा नेपालको श्रम बजारमा आवश्यक हुने जनशक्ति, सीप तथा तालीमको प्रक्षेपण गर्ने छ र सोहीअनुसारको दक्ष जनशक्ति उत्पादन गर्नेछ ।” उनले वर्षेनी आन्तरिक श्रम बजारमा आउने जनशक्ति र कामको तालमेल मिलाउनु चुनौतीपूर्ण रहेको बताए ।

‘एकतिर श्रम बजारमा जनशक्तिको अभाव छ, अर्कातिर युवाहरुले काम पाइरहेका छैनन्, लाखौं युवा विदेश गइरहेका छन्, यसलाई सन्तिुलित गर्न आवश्यक छ,’ मन्त्री विष्टले भन्नुभयो, ‘ वैदेशिक रोजगारीमा युवा किन आकर्षित भइरहेका छन् अध्ययन गर्न आवश्यक छ र यो काम सरकाले गर्नेछ ।’

सरकारले युवालाई विभिन्न खालका सीपमुलक तालिम दिए पनि बजारको आवश्यकता र सरकारले दिएको तालिमबीच तालमेल नभएको भन्दै मन्त्री विष्टले सबै युवालाई आवश्यकता अनुसारको तालिम दिएर कामका लागि तयार पार्ने स्पष्ट पारे ।
युवालाई देशभित्रै रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारीको ढोका खोलेको र सुरक्षाका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको भन्दै मन्त्री विष्टले स्वदेशमै काम गर्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताए ।

त्यसैगरी स्वदेशको रोजगारीसँगै वैदेशिक रोजगारीलाई पनि पारदर्शी, व्यवस्थित र मर्यादित बनाउन सरकारले कामदारको सुरक्षाको प्रत्याभूति हुनेगरी गन्तव्य देशसँग श्रम समझदारी गर्ने र गुणस्तरीय रोजगारीको सम्भावना रहेका देशमा कामदार पठाउन सरकारले काम गरिरहेको उल्लेख गरे ।