८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा

३० प्रतिशत युवा वैदेशिक रोजगारमा, कारण के हो खोजिने छ- मन्त्री विष्ट

३० प्रतिशत युवा वैदेशिक रोजगारमा, कारण के हो खोजिने छ- मन्त्री विष्ट
अ+ अ-

काठमाडौँ । नेपालबाट विदेशिनेको संख्या बढ्दै गएको एकब अध्ययनले देखाएको छ । उक्त अध्ययनको अनुसार नेपालबाट झण्डै ३० प्रतिशत युवा कामको खोजीमा विदेशिने गरेका छन् ।

मंगलबार काठमाडौँ भएको एक कार्यक्रममा युवा नेतृत्वले अध्ययन सार्वजनिक गरेको हो । ऋध्ययनका अनुसार नेपालको कूल जनसँख्याको झण्डै ४४ प्रतिशत युवा रहेका र त्यसमध्ये झण्डै ३० प्रतिशत युवा काम खोज्दै विदेशिने गरेको देखाएको हो ।

अध्ययनले नेपलबाट काम खोज्दै विदेशिनेमा सबैभन्दा धेरै २१ देखि ३४ वर्ष उमेर समूहका युवा रहेको अध्ययनमा उल्लेख छ ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशमा भएको काम छाडेर युवा विदेशिनुको कारण खोज्ने बताए।


उनले भने, “श्रम बजारको माग र आवश्यकता परिपूर्ति गर्न युवालाई सीप र तालीम दिने सन्दर्भमा सरकारले तीन मन्त्रीको सहभागितामा कमिटी गठन गरेको छ । उक्त कमिटीले अबका दिनमा नेपालको श्रम बजारमा आवश्यक हुने जनशक्ति, सीप तथा तालीमको प्रक्षेपण गर्ने छ र सोहीअनुसारको दक्ष जनशक्ति उत्पादन गर्नेछ ।” उनले वर्षेनी आन्तरिक श्रम बजारमा आउने जनशक्ति र कामको तालमेल मिलाउनु चुनौतीपूर्ण रहेको बताए ।

‘एकतिर श्रम बजारमा जनशक्तिको अभाव छ, अर्कातिर युवाहरुले काम पाइरहेका छैनन्, लाखौं युवा विदेश गइरहेका छन्, यसलाई सन्तिुलित गर्न आवश्यक छ,’ मन्त्री विष्टले भन्नुभयो, ‘ वैदेशिक रोजगारीमा युवा किन आकर्षित भइरहेका छन् अध्ययन गर्न आवश्यक छ र यो काम सरकाले गर्नेछ ।’

सरकारले युवालाई विभिन्न खालका सीपमुलक तालिम दिए पनि बजारको आवश्यकता र सरकारले दिएको तालिमबीच तालमेल नभएको भन्दै मन्त्री विष्टले सबै युवालाई आवश्यकता अनुसारको तालिम दिएर कामका लागि तयार पार्ने स्पष्ट पारे ।
युवालाई देशभित्रै रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारीको ढोका खोलेको र सुरक्षाका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको भन्दै मन्त्री विष्टले स्वदेशमै काम गर्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताए ।

त्यसैगरी स्वदेशको रोजगारीसँगै वैदेशिक रोजगारीलाई पनि पारदर्शी, व्यवस्थित र मर्यादित बनाउन सरकारले कामदारको सुरक्षाको प्रत्याभूति हुनेगरी गन्तव्य देशसँग श्रम समझदारी गर्ने र गुणस्तरीय रोजगारीको सम्भावना रहेका देशमा कामदार पठाउन सरकारले काम गरिरहेको उल्लेख गरे ।