१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँडेको चरित्रमा ‘पाँडे समाज’को आपत्ति, बन्द होला त भद्रगोल ?



अ+ अ-

काठमाडौँ । नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलले सामाजिक मर्यादामा ठेस पुर्याएको आरोप लागेको छ । उक्त कार्यक्रममा रहेको ‘पाँडे’ पात्रले फटाहा र भँडुवाको रुपमा चित्रण गरिदै आएको प्रति ध्यानर्कण गरिएको हो ।

‘नेपाल पाँडे समाज’ ले उक्त पात्रका कारण आफुहरुमाथि ठेस पुर्याएको भन्दै कार्यक्रम उत्पादक मिडिया हबलाई पत्र पठाएको छ । पत्रमा पाँडे पात्रलाई कहिलेकाहीँ अतिशयोक्ति र कपोलकल्पित रुपमा प्रस्तुत गर्दा समस्त पाँडेहरुको मनमा चोट लागेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको एकीकरणदेखि हालसम्म विभिन्न स्थान र योग्यताबाट पुर्‍याएको उच्चस्तरको योगदानलाई चटक्कै भुलेर हाँस्य पात्रको रुपमा चित्रण गर्दा जोसुकैको मन दुख्नु स्वभाविकै हो । तसर्थ समाजमा असर पुर्‍याउने कथा र प्रदर्शन नस्वीकार्ने व्यहोरा जानकारी गराउँदै ध्यानाकर्षण गराउँछौं ।’

मिडिया हबलाई पठाइएको सो पत्रमा पाँडे समाजका महासचिव सागर पाण्डेले हस्ताक्षर गरेका छन् ।