१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

चार लाख ‘स्मार्ट’ लाइसेन्स छपाईको क्रममा, १० लाख ‘कार्ड’ खरीद प्रक्रियामा

चार लाख ‘स्मार्ट’ लाइसेन्स छपाईको क्रममा, १० लाख ‘कार्ड’ खरीद प्रक्रियामा
अ अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था विभागले सात महीनादेखि यताका मात्रै ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताएको छ । झण्डै चार लाख सेवाग्राहीको अनुमतिपत्र छपाइका क्रममा रहेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए।

उनका अनुसार पहिले सेवाग्राहीले आवेदन दिएको एक वर्षसम्मको वितरण गर्न नसकिएकामा अहिले त्यो अवधि कम हुँदै गएको छ । सात महीनामा छापिँदा पनि सेवाग्राहीलाई सुविधा नभएकाले त्यसमा सुधार गर्न लागिएको उनले बताए । उनले भने, “सेवाग्राहीले राजश्व तिरेको कम समयमा चालक अनुमतिपत्र दिनका लागि हामीले प्रयास गरिरहेका छौँ ।”

सेवाग्राहीलाई आवेदन दिएको छोटो अवधिमा नै चालक अनुमतिपत्र वितरण गर्न १० लाख ‘कार्ड’ खरीद प्रक्रिया शुरु भएकोे विभागले जनाएको छ । विभागले एकै दिनमा धेरै अनुमतिपत्र छपाइकै लागि ‘मास प्रिन्टर’ खरिद गर्न लागेको छ । ‘मास प्रिन्टर’ को एक दिनमा सातदेखि आठ हजारसम्म ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गर्ने क्षमता छ । उनले भने, “अहिलेभन्दा तेब्बर क्षमताको उपकरण हुँदा त्यसले अहिले रहेको समस्या हटाउन सक्नेछ ।”

देशभरका कार्यालय विभागअन्तर्गत गए पनि अनुमतिपत्र छपाइ र सफ्टवेयरको काम भने विभाग आफैँले गरिरहेको छ । यातायात व्यवस्था कार्यालय, वाग्मती (हाल प्रदेश न) ३ कार्यालयले भने झण्डै १३ महीनादेखिको चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताउँदै आएको छ ।