१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ : पहिलो हाफमै भुटानविरुद्ध नेपालको २ गोल



अ+ अ-

मोरङ । विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलको पहिलो हाफसम्म नेपाल २–० गोलले अगाडि रहेको छ ।

भुटानविरुद्ध अग्रता कायम गर्ने क्रममा नेपालका लागि खेलको १३ औं मिनेटमा मञ्जली कुमारी यौञ्जनले डिबक्स भित्रबाट गोल गर्न सफल भइन।

त्यसपछि १६ औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि दोस्रो गोल गरिन । उनको यो २३ औं अन्तराष्ट्रिय गोल हो ।

खेलको पहिलो मिनेटमा नेपालले भुटानको पोस्टमा आक्रमण गरेको थियो । सावित्रा भण्डारीले पाएको मौकालाई भुटानकी गोलकिपरले बचाएकी थिइन् ।