१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुप्रतिक्षित फिल्म ‘कलंक’को टिजर सार्वजनिक



अ+ अ-

फिल्म निर्माता करण जोहरको बहुप्रतिक्षित फिल्म ‘कलंक’को टिजर सार्वजनिक भएको छ । फिल्मको यस टिजरमा अभिनेता सञ्जय दत्त, माधुरी दीक्षित, आदित्य रोय कपूर, सोनाक्षी सिन्हा, वरुण धवन र आलिया भट्ट मुख्य भूमिकामा देखिएका छन् ।

टिजरमा सुरुमा अभिनेता आदित्य रोय कपूर र आलिया भट्टको विवाह भइरहेको देखाइएको छ भने आलिया भट्ट र वरुण धवनबीचको केमेस्ट्री देखाइएको छ । टिजरमा धेरै डायलग नभए पनि भएका २र३ वटा डायलगबाटै यो फिल्म निकै उत्कृष्ट होला भन्ने अनुमान लगाउन सकिन्छ ।

यस फिल्ममा कलाकारहरुको जीवन्त अभिनयका साथै फिल्मको सेट पनि भव्यताका साथ प्रस्तुत छ । फिल्ममा बलिउडकी ‘धकधक गर्ल’ माधुरी दीक्षितको डान्सको कोरियोग्राफ सरोज खानले गरेकी छिन ।

टिजर सार्वजनिक भएसँगै दर्शकहरुमाझ यस फिल्म प्रतिको उत्सुकता अझै बढाइदिएको छ । अभिषेक वर्मनको निर्देशन रहेको फिल्म ‘कलंक’ २०१९ को अप्रिल १७ मा रिलिज हुनेछ ।