१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्र्याक्टर दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती घाइते



अ+ अ-

जाजरकोट । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२ नं को ट्र्याक्टर दुर्घटनामा श्रीमान् मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन् । 

आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको हो । दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ ।

उनकी श्रीमती सपना विक घाइते भएकी छिन् । उनको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको नेकपा (माओवादी केन्द्र) आठबीसकोटका नगर कमिटीका अध्यक्ष रबि केसीले बताउनुभयो । (रासस)