२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वामित्वको १ सय ५० रोपनी जग्गा होटलका नाममा



अ+ अ-

काठमाडौं । तारागाउँ विकास समितिले हायात रिजेन्सी होटल लिमिटेडलाई दिएको जग्गाको सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अनुसन्धान थालेको छ ।

तारागाउँ विकास समितिको गलत निर्णयका कारण सरकारी स्वामित्वको १ सय ५० रोपनी जग्गा हायात होटलका नाममा दर्ता भएका सम्बन्धमा मन्त्रालयले उक्त जग्गा विवादका सम्बन्धमा छानबिन समिति नै गठन गरेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका उपसचिव समरबहादुर सिंह ठकुरीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव जनकराज जोशीले जानकारी दिए ।

नापी विभागका नापी अधिकृत युवराज आचार्य, मन्त्रालयका अधिकृत केशवप्रसाद भट्टराई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत सदस्य रहनेछन् । समितिले ७ दिनभित्र उक्त जग्गा विवादसम्बन्धी प्रतिवदेन ७ दिनभित्र बुझाउन मन्त्रालयले समितिको समयावधि तोकेको छ ।

२०४९ सालदेखि सरकारी नामको उक्त जग्गा हायातले भोगचलन गर्दै आएको छ । त्यसबापत प्रतिरोपनी १० लाख रुपैयाँका दरले सेयर कायम गरिएको थियो ।

पशुपति क्षेत्र विकास कोषअन्तर्गतको १८ रोपनी पनि हायातले चर्चेको छ । कोषको जग्गा प्रयोगबापत पशुपतिनाथलाई प्रतिरोपनी मासिक १ सय ५२ रुपैयाँ भाडा ९कुत० तिर्छ । त्यसबापत कोषले वर्षको ३२ हजार आठ सय ६५ रूपैयाँ मात्र पाउँछ । तारा गाउँ विकास समिति यसको मोही पनि छ । होटल ४५ रोपनी जग्गामा छ । होटलले अमालकोट कचहरी मातहतको गुठी जग्गा २०४९ सालदेखि प्रयोग गर्दै आएको हो ।

आनामा हिसाब गर्दा मासिक नौ रूपैयाँ ५० पैसा हुन आउँछ । होटलले करिब १८ रोपनीको ९ वटा कित्ताको गुठीजग्गा प्रयोग गरेबापत ३२ हजार ८ सय ६५ रुपैयाँ तिर्दै आएको हो । होटलले तिर्ने यो कुतबाली २०६८ सालसम्म तिर्दै आएको रकममा ५० गुणा वृद्धि गरिएको कोषका कर्मचारी बताउँछन् । कोषले एक रोपनी जग्गाको एक मुरी ९२० पाथी० धान तिर्ने गरीको कुतबाली निर्धारण गरेको छ, जसबापत कोषले एक मुरीको करिब दुई हजार रूपैयाँ तिर्नुपर्ने भनी निर्धारण गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन सदस्यीय अनुसन्धान टोली बनाएर विस्तृत अनुसन्धान गरिरहेको छ । दिगो विकास तथा सुशासन समितिको बैठकमा अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले तारा गाउँको विषय विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका थिए । हायात जग्गा विवादमाथि संसद्को अन्तर्राष्ट्रिय समितिले छानबिन गरिरहेको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।