१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा महाधिवेशन : थापा र लिङदेन समूह सहित प्रतिस्प्रर्धामा



अ+ अ-

काठमाडौँ । काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मनोनय दर्ता हुँदैछ ।

राप्रपाको आगामी नेतृत्वको लागि वर्तमान अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री एवं राप्रपाका एक मात्र प्रतिनिधिसभाका सदस्य राजेन्द्र लिङदेन समूह सहित प्रतिस्प्रर्धामा उत्रिएका छन् ।  थापाको प्यानलबाट उपाध्यक्षमा वुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की उम्मेदवार छन् ।

यसैगरी महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाही रहनु भएको छ । उता लिङ्देन समूहबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार बन्न लाग्नु भएको छ ।  

महामन्त्रीमा धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार बन्न लाग्नु भएको छ । उपाध्यक्षमा विक्रम पाण्डे दुवै समूहको सुचिमा रहनु भएको छ । निर्वाचन समितिका अनुसार बिहान साढे ११ देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समयसीमा तोकिएको छ।

मनोनयनको नाममाथि दावी विरोध, अन्तिम नामावली प्रकाशन पनि शुक्रबार नै हुने र शनिबार मतदान हुने\छ । महाधिवेशनमा ४ हजार ४ सय जना प्रतिनिधी सहभागी भएका छन् । राप्रपाले पनि मतदान  बिद्युतिय मेसीनबाट गर्ने तयारी गरेको छ ।