![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/03/Kalanki-Nagdhunga-sadak-Str.jpg)
काठमाडौँ । कलंकी–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ । धुलो धुवाँ बढेको भन्दै स्थानीय बासिन्दाले सडकखण्डमा विरोध प्रदर्शन गर्दै बाटो बन्द गराएका हुन् ।
यस अघि पनि स्थानीय बासिन्दाले काममा ढिलाई भएको भन्दै बाटो बन्द गरेर विरोध प्रदर्शन गरेका थिए । तर बाटोमा पानी हालेर धुलो उड्न नदिने र छिट्टै मर्मत गर्ने सहमति पछि बाटो खुलाइएको थियो ।
तर सहमति अनुसार काम नभएको र प्रदुषण बढेको भन्दै स्थानीय बासिन्दाले फेरि बाटो बन्द गराएका हुन् ।