२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवका गतिविधिमाथि निगरानी, नेता कार्यकर्ता पक्राउ गर्न सर्कुलर



अ+ अ-

काठमाडौ । सरकारले विप्लव समूहको गतिविधि माथि प्रतिवन्ध लगाएको घोषणा गरेसँगै सुरक्षा निकायलाई हाई अर्लटमा रहन निर्देशन दिएको छ ।

मुलधारको राजनीति भन्दा बाहिर गएर हत्या हिंसा जस्ता क्रियाकलापमा विप्लव नेतृत्वको माओवादी लागेपछि सरकारले प्रतिबन्ध लगाउने निर्णय पछि उसबाट हुन सक्ने हिंसात्मक कृयाकलापलाई नियल्न समेत सरकारले सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

बिप्लव समुहको पछिल्लो गतिबिधि राजनीतिक भन्दापनि धम्की दिएर रकम असुल गर्ने र नदिए बम पड्काउने तथा हत्या सम्मगर्ने कृयाकलाप बढेपछि सरकारले उसको गतिबिधिमाथि प्रतिवन्ध लगाएको हो ।

बिप्लव माओवादीमाथिको प्रतिवन्ध पछि सुरक्षा थ्रेड बढेको बिष्लेषण गर्दै सरकारले उसको गतिविधिलाई नियन्त्रण गर्न र सुरक्षा ब्यवस्था मजबुत बनाउन निर्देशन दिएसंगै तीन वटै सुरक्षा निकायको प्रधान कार्यालयले बुधबार मुलुकभरका आफ्ना मजकुर कार्यालयलाई हाई अर्लटमा रहन निर्देशन दिएको हो ।

सरकारले बिप्लवको हिंसात्मक गतिविधिमाथि प्रतिवन्ध लगाएसंगै मुलुकभर सुरक्षा व्यवस्था मजवुत बनाउन नेपाल प्रहरीका सबै कार्यालयलाई हाइअर्लटमा रहन निर्देशन दिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । नेपाल समाचार पत्र दैनिकमा खबर छ ।